हिपमत डटकम

मंगलबार, पौष २१, २०७७ || 695  पटक पढिएको

कैलालीमा लागुऔषध चरेससहित एक होटेलका सञ्चालकलाई प्रहरीले आज पक्राउ गरेको छ । गोदावरी नगरपालिका–२ रिङरोडस्थित न्यू जानकी होटेल एन्ड लजको १०२ नं कोठाबाट सात किलो चरेससहित सोही होटेलका सञ्चालक बलबहादुर धामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले निज धामीलाई पक्राउ गरेको बताइएको छ । धामीलाई आजै लागुऔषध शीर्षक मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!