कट्रिना कैफ बहिनी इसाबेलसँग नयाँ वर्ष मनाउन अलिबाग गएकी थिइन् । यतिबेलाको तस्बिर उनीहरुले सोसल मिडियामा सेयर गरिन् । तर केही मिनेटपछि नै यसलाई डिलिट गरियो । तर डिलिट गरिएको फोटो प्रशंसकले भाइरल बनाइदिए ।

प्रशंसकले सोसल मिडियामा सेयर गरे स्क्रिन सटः

कट्रिनाले फोटो डिलिट गरेपछि उनका प्रशंसकले विकीलाई देखाउँदै थुप्रै स्क्रिन सट सोसल मिडियामा सेयर गरेका छन् । यसमा इसाबेलको पछाडि लागेको सीसामा विकी कौशलको छायाँ देखिएको थियो । इसाबेल नजिकै कट्रिना बसिरहेकी छिन् । कट्रिनाले सुरुमा यो फोटो सेयर गरिन् र पछि डिलिट गरेपछि चर्चाले थप बल पायो जसमा यो भनिँदै छ कि कट्रिना र विकी एक–अर्कालाई डेट गरिरहेका छन् ।

थुप्रैले यो मानिरहेका छन् कि कट्रिना र विकी आफ्ना दाजुभाइ दिदीबहिनसिँग नयाँ वर्षको उत्सव मनाउन सँगै गएका थिए ।
https://www.instagram.com/p/CJl0qq_BHii/

भिकक्याट नामका एक प्रयोगकर्ताले विकी कौशलका नीजि शेफसँग कट्रिना कैफ र उनकी बहिनी इसाबेलसँगको फोटो कोलाज सेयर गरेका छन् । जसमा लेखिएको छ, ‘कट्रिना र उनकी बहिनी इसा, विकी कौशलको पर्सनल शेफसँग, अरु के चाहियो र । प्रमाण नै प्रमाण छ ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!