हिपमत डटकम
काठमाडौं, माघ १२ : माेबाइलबाटै भन्सार पास गर्न सकिने माेबाइल एप सार्वजनिक भएकाे छ । ६८ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा‍‍. युवराज खतिवडाले उक्त एप कार्यान्वयनकाे उद्घाटन गरे । नेपाल कष्टम क्लेरेन्स नामक उक्त एपबाट घरमै बसेर व्यावसायीले भन्सार पास गर्न सकिने विभागका माहनिर्देशक सुमन दाहालले जानकारी दिए । एन्ड्रयुईडकाे प्लेस्टाेरमा उक्त एप उपलब्ध छ । भन्सार पासलाई मानवीय विवेकीय प्रणाली शून्य बनाइ विभाग पूर्ण अटाेमेसनमा गएकाे महानिर्देशक दाहालकाे भनाइ थियोे । नेपाली भन्साार कुनै विकसित देशको भन्दा कम नभएको भन्दै दाहालले अब भन्सार हरेक नेपालीको गाेजीमा पुगेको बताए । यस्तै विभागले प्रत्यक्ष राजश्व संकलन ड्यासबाेर्ड पनि कार्यनयनमा ल्याएकाे छ । ड्यास बाेर्डबाट अब प्रत्येक्ष ठूला नाकाकाे राजश्व संकलनकाे जानकारी राजश्वकाे अनुमानि प्राप्त अधिकारीले हेर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!