आइतबार, माघ १२, २०७६ || 936  पटक पढिएको

हिपमत डटकम
प्रबेश बिष्ट
इटहरा,१२ माघ:सरस्वती माध्यमिक विद्यालय इटहरामा शैक्षिक सत्र २०७८ देखि सिभिल इन्जिनिएरिङको पढाइ हुने भएको छ । विद्यालय व्यवस्थापन समितीका पछिल्ला निर्णयहरुको बृफिङ गर्दै प्रधानाध्यापक गोविन्दबहादुर पौडेलले यस सम्बन्धित जानकारी दिनुभयो ।

आगमी फागुन २ देखि ६ गतेसम्म आयोजना गरिएको विद्यालकको स्वर्ण जयन्तीका अवसरमा उत्त शैक्षिक कार्यक्रम सम्बन्धि बृस्तृत खाँका सहित घोषण गरिने प्रधानाध्यापक पौडेलले बताउनुभयो ।

स्थानिय तहको वर्तमान संरचना कार्यान्वयनमा आएसँगै सिभिल इन्जिनिएरिङका जनशक्तिको उच्च आवश्यकता सिर्जना भएकाले सिभिल इन्जिनिएरिङ कार्यक्रम संचालन गर्ने निणर्य गरिएको विद्यालय व्यवस्थापनका सदस्य तथा रतुवामाई नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष नन्दकुमार चापागाईले बताउनुभयो । स्थानिय प्राविधिकहरुको अभावका कारण घर नक्सा डिजाइन गर्न र निर्माण कार्यको परामर्श लिन नगरबासीलाई असजिलो भइरहेको उल्लेख गर्दै समयानुकुल सिपयुक्त स्थानिय जनशक्ति उत्पादन गर्न सिभिल इन्जिनिएरिङको पठनपाठन सुरु गर्न लागिएको उहाँको भनाइ छ ।

स्वर्ण जयन्तीको अवसर पारेर घोषण गरिने उक्त कार्यक्रमलाई सफल पार्न देश विदेशमा रहेका भूतपूर्व विद्यार्थीहरुबाट अभियानका रुपमा आर्थिक सहयोग संकलन गरिने पनि पूर्व विद्यार्थी समेत रहेका वडाध्यक्ष चापागाईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “ विद्यालयले छात्रवास सहितको सिभिल इन्जिनिएरिङको कोर्ष संचालन गर्छ, यस कार्यमा हामी भूतपूर्व विद्यार्थीहरुको परिणाममुखी योगदान हुनेछ । ”

आर्थिक सहयोग संकलनका लागि कार्यविधि सहित चाडै सार्वजनिक अपिल प्रकाशन गरिने समेत वडाध्यक्ष चापागाईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!