हिपमत डटकम
ईटहरी,१२ माघ :एल एन्ड सि मोडल एजेन्सी ईटहरीले आयोजना गरेको “सुनसरी लिटल प्रिन्स एण्ड एन्जल-२०७६’ को यतिबेला धमाधम तालिम संचालन भैरहेको छ । तालिम संगै सहभागी साना साना बालबालिकाहरुले नेपालका चर्चित सेलिब्रेटिहरु संग पनि भेट गर्ने मौका पाईरहेका छन् । यस्तैमा नेपाली सिने नगरिका पुराना निर्माता तथा बितरक छबिराज ओझा र कान्तिपुर फिल्म एकेडेमीका सिईओ प्रकाश पुरिले सहभागी साना बालबालिकाहरु संग साक्षात्कार गरेका छन् ।

“सुनसरी लिटल प्रिन्स एण्ड एन्जल-२०७६” मा सहभागी सम्पुर्ण बालबालिकाहरुलाई पुरी र ओझाले यो कार्यक्रममा राम्रो गर्ने संगै सफल भबिस्यको सुभकामना दिएका छन् । दुबैलाई सम्मान स्वरुप एल एन्ड सि मोडल एजेन्सीका सिईओ दिपक गिरिले मायाको चिनो प्रदान गरेका थिए भने सो हस्तिहरुलाई कार्यक्रममा सहभागी गराउन कार्यक्रमका मिडिया संयोजक सुवास संकल्प संयोजन गरेका थिए ।

फागुन ३ गते ग्रान्ड फिनाले हुने कार्यक्रमको पुष २६ गते सनिबार ईटहरिको हलगडास्थित बगान रेस्टुरेण्ट र माघ ४ गते सनिबारका दिन धरानमा अडिसन सम्पन्न भएको थियो । सहभागी २५ जना बालबालिकाहरुलाई विभिन्न ज्ञानबर्दक तालिमहरु प्रदान गरिरहेको छ भने संगीता चौधरीले र्याम्प वाल्कको प्रशिक्षण गराईरहेकी छन् ।

यस भन्दा पहिले एजेन्सीले ईटहरिमा फेसन सो तथा ब्राईडल र्याम्प शो सफल आयोजना गरिसकेको छ । सुनसरी लिटल एण्ड एन्जल गर्नुको मुख्य उदेश्य बालबालिकाहरुमा लुकेर रहेको विभिन्न क्षमता, जुन सबैका सामु प्रस्तुत गर्न सक्दैनन । त्यसैले उनीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको एजेन्सीका सिइओ दिपक गिरीले बताए । कार्यक्रमलाई ब्यबस्थापन दिपक गिरीले गरेका छन ।

फेशनको दुनियामा दशक लामो यात्रा पार गरिसकेका अनुभवी व्यक्तित्व निश्चल पालिखे कार्यक्रम संयोजकको रुपमा रहेका छन् । त्यसैगरी अफिसियल मेकअप आर्टिस्ट एस्तर श्रेष्ठ, इभेन्ट होस्टकारुपमा सरुपा थापा मगर, अफिसियल कोरियोग्राफर संगीता चौधरी रहेकी छन् । डिथ्री फोटोग्राफी र डिथ्री अनलाईन अफिसियल मिडिया तथा फोटोग्राफी पार्टनर हो भने ईभेण्टको मिडिया संयोजक सुवास संकल्प रहेका छन् ।

पब्लिक रिलेशन अफिसरको रुपमा जेरी शर्मा रहेका छन् भने ईभेण्ट सपोर्टरको रुपमा सुस्मिता श्रेष्ठ र निष्मा क्षेत्री रहेका छन् । बिजेता ब्वाईज-गर्ललाई २५ / २५ हजार नगद, ट्रफी, सर्टिफिकेट र अन्य उपहार, फर्स्ट रनरअप ब्वाईज-गर्ललाई १५ / १५ हजार नगद र अन्य उपहार संगै सेकेण्ड रनरअप ब्वाईज-गर्ललाई १० / १० हजार नगद र अन्य उपहारको व्यवस्था गरिएको छ । उमेरको हकमा भने ६ देखि १३ सम्मका बालबालिकाहरुका लागि यो कार्यक्रम आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!