हिपमत डटकम

शनिबार, पौष १८, २०७७ || 657  पटक पढिएको

टोकियोका गभर्नरले शनिबार जापानको केन्द्रीय सरकारलाई आपतकालिन अवस्था घोषणा गर्न आग्रह गरेका छन् । देशले कोरोनाभाइरसको तेस्रो लहरको सामना गरिरहेको र कोभिड–१९ सङक्रमितको संख्यामा अत्यधिक वृद्धि भएपछि सङ्क्रमण नियन्त्रणका लागि टोकियोका गभर्नरले केन्द्र सरकारको अनुमति माग गरेका हुन् ।

गभर्नर यूरिको कोइकीले तीन छिमेकी क्षेत्रका गभर्नरहरूसँग मिलेर कोरोनाभाइरस नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न मन्त्री यासुतोशी निशिमुरासँग भेट गरेको जनाइएको छ । भेटमा उनीहरूको इलाकामा नियन्त्रणका उपाय लागु गर्नुपर्ने माग कोइकीले राखेका थिए ।

जापानी अधिकारीहरूले हालैका हप्ताहरूमा रेस्टुरेन्टहरू र व्यवसायहरूलाई चाँडै बन्द गर्न र मानिसहरूलाई सकेसम्म धेरै समय घरभित्रै बस्न आग्रह गरेका थिए । यसले जापानमा सङ्क्रमण दर बढेपछि नियन्त्रणका लागि अपनाईएको पूर्व सावधानीलाई बताएको तर यो उपायले मात्र कोभिड–१९ नियन्त्रणमा ढिलाई हुने प्रतिक्रिया कोइकीले दिएका छन् ।

बिहीबार टोकियोमा एक हजार ३०० भन्दा बढी थप सङ्क्रमित भएपछि र देशभर पनि सङ्क्रमण दर उच्च देखिएपछि स्वास्थ्य सङ्कटकालका लागि छलफल सुरु भएको हो । जापानमा अहिलेसम्म कूल दुई लाख ३४ हजारभन्दा बढी सङ्क्रमित बनेका छन् भने तीन हजार ४६० सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!