पाकिस्तानले अत्याधुनिक लडाकु विमान जेएफ–१७ को ब्लक थ्री तयारी सुरु गरेको छ । त्यस्तै, चीनको सहयोगबाट बनेको चौध जेएफ–१७ बी विमान पनि पाकिस्तान वायु सेनालाई हस्तान्तरण गरिएको छ । यी विमानहरुलाई पाकिस्तान एयरोनोटिकल कम्प्लेक्स (पिएसी) ले तयार गरेको हो । डबल सिटर जेएफ १७ बी विमान पाकिस्तानको वायुसेनामा समावेश गर्ने र जेएफ १७ ब्लक थ्रीको उत्पादन सुरु गर्ने घोषणाका लागि बुधबार कामरा एयरवेसमा एक समारोह आयोजना गरियो ।

जेएफ १७ बी विद्यमान जेएफ १७ भन्दा कसरी अलग छ ?

पाकिस्तान वायु सेनाका प्रवक्ता अहमर रजाले बीबीसीलाई बताएअनुसार पाकिस्तान वायु सेनाअन्तर्गतमा आउने नयाँ जेएफ १७ बी मोडल विमानमा दुई सिट छ । यसको धेरैजसो प्रयोग प्रशिक्षणका लागि गरिनेछ । यद्यपी, यसको क्षमता पहिल्यैदेखि विद्यमान जेएफ १७ विमानहरुजस्तै छ । ‘नयाँ विमानहरुमा मिसाइल र रडार पनि पुराना विमानहरुकै जस्तो छ । नयाँ मोडकलमा केवल एक सिट जोडिएको छ । ताकि, दोस्रो पाइलट पनि बस्न सकुन् र हामीले यी विमानहरुलाई प्रशिक्षणमा प्रयोग गर्न सकौँ,’ उनले भने ।

यी विमानहरु आएपछि सैन्य शक्ति बढ्ने पाकिस्तान वायु सेनाले जनाएको छ । किनकी, यी विमानहरु प्रशिक्षणका आवश्यकता पुरा गर्नका साथै सबै प्रकारका युद्ध अभियानमा पनि परिचालित हुन पूर्ण रुपमा सक्षम छन् ।

ब्लक थ्री के हो ?

जेएफ १७ बी पाकिस्तान वायु सेनामा समावेश हुनुको अलावा वायु सेनाका प्रमुख एयर चिफ मार्शलले बुधबार जेएफ १८ थन्डरको ब्लक थ्री उत्पादनको पनि उद्घाटन गरेका छन् । पाकिस्तान वायुसेनाका जेएफ १७ को सबैभन्दा उन्नत मोडलको विमान हुनेछ, ब्लक थ्री । यस क्षेत्रको बदलिदो स्थितीमा जवाफी कारबाहीका लागि सन्तुलन कायम राख्न यसले पाकिस्तानी वायुसेनालाई सहयोग गर्नेछ ।

जेएफ १७ ब्लक थ्री फोर्थ जेनेरेशन फाइटर जेट हुनेछ । ‘ब्लक थ्री जेएफ १७ को नयाँ भर्सन हो । यसमा नयाँ रडार लगाइनेछ, यस भर्सनको विमान नयाँ र आधुनिक हतियार तथा मिसाईलहरुबाट पनि सम्पन्न हुनेछ । इलेक्ट्रोनिक वारफेयरको क्षमतालाई पनि हर कोणबाट बढाएर उत्कृष्ट बनाइनेछ,’ वायुसेनाका प्रवक्ताले भने ।

प्रवक्ताका अनुसार ब्लक थ्रीको विमान झन्डै एकदेखि डेढ वर्षभित्र तयार हुनेछ । अवकाशप्राप्त एयर मार्शल मकसूद अख्तरका अनुसार ब्लक थ्रीका जेएफ १७ विमानहरुमा ‘एक्टिभ इलेक्ट्रोनिकल्ली सेकेन्ड्री रडार’ र उत्कृष्ट मिसाईलहरु हुनेछन् । ‘ब्लक थ्रीको जेएफ १७ विमान हावादेखि जमिन र जमिनदेखि हावामा मार हान्नसक्ने हतियारहरुबाट सम्पन्न हुनेछन् । यो विमान फोर्थ जेनेरेशनमा सामिल हुनेछ ।’

रफालसँग तुलना गर्नु उचित होला ?

जेएफ १७ ब्लक थ्री भारतको रफाल विमानभन्दा उत्कृष्ट हुने दाबी गरिएको छ । पाकिस्तान वायुसेनाका प्रवक्ताले भने,‘बिना शंका यो विश्लेषण सही छ । ब्लक थ्री धेरै चीजहरुमा रफालभन्दा उत्कृष्ट हुनेछ । यो त्यस्तो विमान हुनेछ, जसले रफालसँग भिड्नसक्छ ।’

यद्यपी, स्ट्रयाटिजिक स्टडिज अफ एयर युनिभर्सिटीका प्रमुख आदिल सुल्तानको बुझाईमा ‘शत प्रतिशत यस्तो हुनेछैन ।’ यसबारे स्पष्ट पार्दै उनी भन्छन्,‘हामी हरेक कुराको तुलना पाकिस्तान र भारतको सन्दर्भमा छौं । प्रत्येक विमानको आफ्नै भूमिका हुन्छ । जेएफ १७ ब्लक थ्रीमा लगाइनेवाला मिसाइल र रडार रफालमा प्रयोग गरिएका मिसाइल र रडारभन्दा उत्कृष्ट छन् । यस सन्दर्भमा हामी भन्नसक्छौं कि यो विमान रफालभन्दा थोरै उत्कृष्ट हुनसक्छ । यद्यपी, विमानको तुलना गर्दा अन्य धेरै कुराहरु पनि हेर्नुपर्छ ।’

जेएफ १७ थन्डरको क्षमता के छ ?

अवकाशप्राप्त एयर मार्शल मकसूद अख्तरले पाकिस्तान वायु सेनामा समावेश हुनेलावा १४ वटा डबल सिटर जेएफ १७ बी विमानको महत्त्वबारे भनेका छन्, ‘निर्यातको हिसाबले पाकिस्तानका लागि यी विमानहरुको महत्व निकै ठूलो छ । जब हामी कुनै ग्राहकसँग कुरा गथ्र्यों । तब उनीहरु भन्थें कि हामीलाई प्रशिक्षणका लागि डबल– सिटर विमान चाहिन्छ र यी विमानहरुलाई विशेष रुपले यसैका लागि तयार गरिएको छ ।’

बुधबार ती जेएफ १७ विमानहरुको प्रदर्शन पनि गरियो, जसलाई अन्य देशमा बेच्नका लागि पाकिस्तानले तयार गरेको छ । जेएफ १७ थन्डर लडाकू विमान पाकिस्तानका लागि यसकारण पनि विशेष महत्त्वपूर्ण छ किनकी पाकिस्तानले आफै यसलाई बनाउँछ । पाकिस्तानले चीनको सहयोगमा यी विमानहरु बनाउने क्षमता हासिल गरेको छ र विशेषज्ञहरुका अनुसार यो विमान एक बहुआयामिक, हल्का, फोर्थ जेनेरेशनको मल्टीरोल एयर क्राफ्ट हो ।

विमानको निर्माण, अपग्रेडेशन र ‘ओवरहोलिङ’ का सुविधाहरु पनि देशभित्रै उपलब्ध छन् । जसको अर्थ पाकिस्तानलाई यस विमानको तयारीका लागि अन्य कुनै देशको आवश्यक छैन । रक्षा विशेषज्ञहरुका अनुसार एफ १६ फाल्कन जस्तै हल्का वजनको र सबै मौसममा जमिन र हावामा मार हान्नसक्ने बहुआयामिक विमान हो, जेएफ थन्डर विमान । यो विमान लामो दूरीसम्म मार हान्नसक्ने मिसाइलसम्पन्न छ ।

जेएफ १७ थन्डरले यसै क्षमताका कारण बीबीआर (बियोन्ड भिजुयल रेन्ज) मिसाइलमार्फत बालाकोट घटनापछि भारतीय वायु सेनाको मिगलाई गिराएको थियो । यहीकारण जेएफ १७ थन्डरको खुबै प्रशंसा भएको थियो ।

जेएफ १७ थन्डरमा पनि त्यस्तै अत्याधुनिक रडार लगाइएको छ, जो रफाल विमानमा छ । यो विमान टार्गेटलाई लक गरेर मिसाइल दाग्न सक्षम छ ।

मिसाइलको रेन्ज १ सय ५० किलोमिटरसम्म भनिएको छ र यसले आफ्नो लक्ष्यलाई त्यसरी नै पिछा गर्छ, जस्तो केही हलिउड फिल्महरुमा देखाइन्छ ।

जेएफ १७ थन्डर जमिनमा दुश्मनको निगरानी गर्न र हवाई हमलाका साथसाथै जमिनबाट पनि हमला गर्न सक्षम छ । हावाबाट जमिन, हावाबाट हावा र हावाबाट पानीको सतहमा पनि मार हान्नसक्ने मिसाइल प्रविधिका अलावा अन्य हतियारहरुको पनि प्रयोग गर्न यो विमान सक्षम छ ।

जेएफ १७ बनाउने काम कहिले सुरु भयो ?

यो कथा १९९५ मा सुरु हुन्छ । जब पाकिस्तान र चीनले जेएफ १७ सँग सम्बन्धित एक सम्झौतामा हस्ताक्षर गरेका थिए । यस विमानको पहिलो परीक्षण मोडल सन् २००३ मा तयार भएको थियो र पाकिस्तानी वायुसेनाले २०१० मा पहिलोपटक जेएफ १७ थन्डरलाई आफ्नो समूहमा समावेश गरेको थियो । एक मिग विमान बनाउने रुसी कम्पनी मिकोयान पनि यस परियोजनामा समावेश भयो । पाकिस्तान वायु सेनाले मिराज, एफ ७ र ए ५ विमानको सट्टा प्रयोग गर्नका लागि जेएफ १७ थन्डरको डिजाईन गरेको हो ।

सामाजिक सञ्जालमा प्रतिक्रिया

पाकिस्तान वायु सेनामा जेएफ १७ वि विमानहरुलाई समावेश गर्ने कार्यको सामाजिक सञ्जालमा ठूलो चर्चा र प्रशंसा भएको छ । मियाँ अयुब नामक एक प्रयोगकर्ताले जेएफ १७ को एक तस्विर शेयर गर्दै लेखेका छन्, ‘गहिरोसँग निदाउनुस्, पाकिस्तान वायुसेना हाम्रो जीवनको रक्षाका लागि हरेक समय जागेको छ ।’

शेन एवन नामक प्रयोगकर्ताले लेखेका छन्, ‘राष्ट्रिय वायु रक्षामा यो एक महत्वपूर्ण उपलब्धि हो । हामीले थप शक्ति प्राप्त गरेका छौं ।’ जरुन नामक एक प्रयोगकर्ताले जेएफ १७ थन्डरको एक तस्विर शेयर गर्दैै लेखेका छन्, ‘पाकिस्तान वायुसेनाको शक्तिलाई कम नसम्झनुस् ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!