हिपमत डटकम

बिहिबार, पौष १६, २०७७ || 709  पटक पढिएको

एजेन्सी । एउटै कक्षाका दुईजनाबीच बस्ने सिटमा विवाद भयो । दुवै कक्षा १० मा पढ्थे । एउटै सिटमा बस्न चाहने र एकले अर्कोलाई छाड्न नमान्ने । स्थितिले झडपको रुप लियो ।

झगडा भएपछि १४ वर्षीय किशोरले घरबाट काकाको पिस्तोल चोरेर ल्याए । उनले विवाद गर्ने साथीको टाउको र पेटमा दुईपटक प्रहार गरे । घटनास्थलमै उनको मृत्यु भयो ।

टाइम्स अफ इन्डियाका अनुसार यो घटना भारतको उत्तर प्रदेशस्थित बुलनदसार जिल्लाको शिखरपुरस्थित निजी विद्यालयमा भएको थियो । आज विहानैको घटनापछि घाइतेलाई अस्पताल लगिंदा मृत्यु भइसकेको जनाइयो ।

गोली प्रहार गर्ने किशोरका काका सेना हुन् । उनी बिदामा घर आएका थिए । सैनिक काका यो घटनाले फसादमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!