हिपमत डटकम
रतुवामाई,११ माघ:रतुवामाई वैदेशिक रोजगार समन्वयन समितीले संस्थाको प्रथम अधिवेशन मार्फत पदाधिकारी चयन गरेको छ ।

प्रथम अधिवेशनबाट संस्थाको अध्यक्षमा यस संस्थाको संथापक समेत रहेका ठगेन्द्र प्रसाद न्यौपाने सर्वसमत अध्यक्ष पदमा मनोनित हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा रुपेश ढकाल, विकास राजवंशी, सचिवमा विनोद खड्का र राजकुमार पाण्डे, कोषाध्यक्षमा नविन बस्नेत सहित ९ जना सदस्य गरी १५ सदस्य सम्मेलित समिती बनेको छ ।

रोजगारका शिलशिलामा विदेशिएका नगरबासीहरुलाई “हामी गर्न सक्छौ, हामी त्याग्न सक्छौ र भविष्य लेख्न सकछौ” भन्ने उच्च भाव राखेर यस संस्थाले सक्रियताका साथ आगामी पुस्तामा समेत राम्रो सन्देश पुग्ने गरी र विदेशिएका युवाहरुलाई आफ्नै गाँउठाँउमा स्थापित गरी रोजगारको अवसर प्दान गर्नु यस संस्थाको मुख्य उध्उश्य हो ।

वि.सं. २०७६ सालमा स्थापना भएको यो संस्था छोटो समयमा नै स्थानिय स्तरमा लोकप्रिय छ । सामाजिक संस्थाका रुपमा स्थापित यस संस्थाले जिलला प्रसाशन कार्यलय, समाज कल्याण परिषद्, सामाजिक विकास मन्त्रालय र रतुवामाई नगरपालिकाबाट मान्यता प्राप्त गर्नु र उद्योगका रुपमा उद्योग वाणिज्य संघ र रतुवामाई घरेलु तथा साना उद्योगका रुपमा मान्यता यति छोटो समयमानै प्राप्त गर्नु सानोतिनो कुरा भने होइन । यस संस्थाको काम कारवाहीको तिव्र गतिका कारण आज स्थापना भएको वर्ष नबित्दै जन स्तरमा यो संस्था निकै लोकप्रिय रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!