हिपमत डटकम

मंगलबार, पौष १४, २०७७ || 906  पटक पढिएको

नेपाल कम्युनिष्ट पार्टी नेकपा (प्रचण्ड-नेपाल) पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अझै सुध्रने ठाउँ राखिएको बताएका छन्।आफूहरूले ओलीलाई पार्टीबाट ननिकालेको उल्लेख गर्दै नेपालले ओलीमा कम्युनिष्ट चरित्र भने नरहेको दाबी गरेका छन्।

‘निरंकुशताको बाटो समातेका ओली एण्ड कम्पनीको आयु सकियो,’ प्रतिनिधि सभा भंगविरूद्ध आज भृकुटीमण्डपमा आयोजित विरोध सभामा उनले भने, ‘केपी ओलीलाई गणतन्त्रको माया छैन। पार्टी अनुशासन र बैठकको मतलब छैन।’ओली व्यक्तिवादी र गुटवादी भएको आरोप नेपालले लगाएका छन्।‘उहाँ व्यक्तिवादी र गुटवादी हो। उहाँलाई अझै सुध्रने ठाउँ राखेर पार्टीबाट निकालेको छैन,’ उनले भने, ‘तर बालुवा पेलेर तेल निक्लिनु र ओली सुध्रनु एउटै हो।’

उनले प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा पुनर्स्थापनाको पहल गर्ने हो भने छलफल गर्न सकिने पनि बताए। ‘भीरमा गएको गोरूलाई रामराम भन्ने हो काँध थाप्न सकिन्न,’ उनले भने।उनले ओली प्रधानमन्त्री हुन नमिल्ने पनि बताएका छन्। प्रधानमन्त्री ओली कामचलाउ हैसियतमा पुगेको पनि उनले उल्लेख गरेका छन्। ‘उनले सामान्य अवस्थाकै जस्तो मन्त्री बनाएका छन्। कतिलाई सांसद, मेयर, राजनीतिक नियुक्तिको लोभ दिइएको छ,’ उनले भने।७० प्रतिशत केन्द्रीय सदस्य भएको आफूहरू नै आधिकारिक नेकपा भएको अध्यक्ष नेपालले दाबी गरेका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!