शनिबार, माघ ११, २०७६ || 1952  पटक पढिएको

हिपमत डटकम
बिराटनगर,११ माघ : नेपाल विद्यार्थी संघ मोरङका पूर्व नेताहरूले मातृ पार्टी नेपाली काङ्ग्रेसको सुद्धिकरण र सुदृढीकरणका लागि अभियान सुरु गरेका छन् । यस अघि पुस २३ गते मोरङको विराटचौकमा भएको पूर्व विद्यार्थी नेताहरूको भेलाले आजको कार्यक्रम तय गरेको थियो ।
शनिबार मोरङको सुनबर्शी ९ डाइनियाँ स्थित नेपालभरि प्रख्यात जननेता वीपी कोइरालाको नाममा स्थापित वीपी सेवा केन्द्रमा भएको कार्यक्रममा नेताहरूले १४ वुँदे सङ्कल्प प्रस्ताव पारित गर्दै सुद्धिकरण अभियान सुरु गरेका हुन् ।

यस्तो छ १४ वुँदे प्रस्ताव
१. पार्टीको आदर्श, सिद्धान्त, नीति र संगठनकावारे छलफल र वहसका कार्यक्रमहरु गर्ने ।
२. नेपाली कांग्रेसले लिएको नीतिका वारे समिक्षा गरि यसको सुधारका लागी पहल गर्ने ।
३. एक व्यक्ति एक पदको नीतिलाई अनुसरण गर्ने र यसको वैधानिक कार्यान्वयनका लागी दवाव सिर्जना गर्ने ।
४. पार्टीका सवै तहको नेतृत्व नीति र कार्यक्रमका आधारमा चयन गर्ने र कार्यान्वयन हुने वातावरण वनाउन लागि पर्ने ।
५. तपाई नै किन ? (जुन सुकै तहको पदमा वस्न चाहनेहरुलाई) भन्ने प्रश्न गर्ने ।
६. एकै व्यक्तिलाई पटक पटक अवसर दिने परम्पराको अन्तयका लागि पहल गर्ने ।
७. राजनीतिमा विकृति र विसंगतीका कारण अस्वस्थ प्रतिस्पर्धा वढेको छ । तसर्थ राजनीतिमा स्वस्थता र स्वच्छताका लागि पैसा र वल ९ःयलभथ बलम ःगकअभि० को राजनीतिलाई तिरस्कार गरि मुल्य मान्यता र आदर्शको राजनीतिलाई अंगिकार गर्ने ।
८. पूर्व नेपाल विद्यार्थी संघका साथीहरुका विचमा ÷ एक आपसमा सौहार्दता कायम गर्ने र एकले अर्काको अनावश्यक विरोध नगर्ने ।
९. सवै तहमा नेतृत्वमा आउने सम्भावना भएका साथीहरुलाई सहयोग गर्ने ।
१०. पार्टीका भातृ तथा शुभेच्छुक संस्थाका साथीहरु सँग निरन्तर सम्पर्क गरि छलफल गर्ने ।
११ं पार्टीमा लामो समय देखि निरन्तर काम गरि अनुभव वोकेको पुरानो पुस्ता सँग संवाद गरि पुरानो र नयाँ पुस्तालाई जोड्ने पुलको काम गर्ने ।
१२. पूर्व नेपाल विद्यार्थी संघमा नभएका तर हाम्रो अभियानलाई समर्थन गर्ने पार्टीका साथीहरुलाई पनि अभियानमा सहभागी गराउदै लैजाने ।
१३. “म भित्र हामी” भन्ने भावनाको विकाश गर्ने ।
१४.मुर्त र ठोस परिणामका लागि यस प्रकारका भेला वैठकलाई निरन्तरता दिने ।

पैसा र पाखुराको बलमा राजनीति गर्ने संस्कार बिकसित भएको भन्दै काम र भूमिकाका आधारमा अवसर दिने परिपाटीको विकास गर्न नेविसङ्घका नेताहरूले दवाव दिने बताउनु भएको छ ।पार्टीमा पैसा नहुनेले चुनावमा प्रतिस्पर्धा गर्न गाह्रो हुँदै गएको छ । पार्टीमा चाकरी गर्ने र नेताको वरिपरि घुम्ने चलन हाबी हुँदै गएको छ।

कार्यक्रममा नेपाल विद्यार्थी संघ मोरङ पुर्व नेताहरु मदन संग्रौला ,यदु बिष्ट ,अर्जुन निरौला,मान बहादुर लिम्बु,रंजन थापा,राजु मास्के,ललित श्रेष्ठ ,मुक्ति न्यौपाने,रबिन राई,कालीप्रसाद दास,अजय कुमार राई,गणेश थापा,गोपाल सेढाई,सुयर्माराज राई,निर्मला कोइराला,सुबोध सिंह लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!