किरण न्यौपाने

सोमबार, पौष १३, २०७७ || 1148  पटक पढिएको

रंगेली । नेपाली काग्रेसका नेता डा.मिनेन्द्र रिजालले नेकपाका दुई कम्युनिष्ट राजाले गर्दा संविधान र लोकतन्त्र जोखिममा परेको बताउनु भएको छ । नेपाली काग्रेसले आज देशव्यापी रुपमा संघिय निर्वाचन क्षेत्रमा आयोजन गरेको सभालाई सम्बोधन गर्ने क्रममा मोर¨ क्षेत्र नं.२ का सांसद समेत रहेका डा.रिजालले –दुई राजाहरु आफु–आफुमा को ठुलो मान्छे हुने भनेर लडाई गर्दा मुलक संकटमा परेको बताउनुभयो ।

आज भष्ट्रचारमा डुबेका नेकपा भित्र अन्तिम समय सम्म दुई मुखिया बिच भागवण्डाको स्वार्थ नमिल्दा संविधान माथी खेलबाड भएको र जनताले दुख भोग्नु परेको छ, डा.रिजालले संविधानले देखाएको बाटोमा नहिडेर प्रधानमन्त्री केपी शर्मा ओलीले जे मनमा आयो त्यही गरेर असंवैधानिक रुपमा संसद विघटन गरेको बताउनु भयो । उहाले भन्नु भयो –आफनो मात्र स्वार्थ हेर्ने हो भने, काग्रेस लाई यो भन्दा सहज अवस्था के हुन सकथ्यो र तर प्रधानमन्त्रीको अधिनायक बाद सोचले संविधान अप्ठयारेमा परेकाले त्यसलाई जोगाउन जिम्मेवारी काग्रेसको काधमा रहेको बताउदै नेपाली जनताले काग्रेस संग ठुलो अपेक्षा राखेको बताउनुभयो । डा.रिजालले प्रधानमन्त्री ओलीले चुनाव गराउने सोचले संसद विगठन नगरेको आरोप लगाउदै कुनैपनि हालतमा सत्त्ता नछाड्ने मनोवित्तीका कारणले बैशाखमा नहुने बताउनुभयो । डा.रिजालले अर्को फरक प्रशंगमा समृद्ध र विकासको ठुल्ठुला गफ हाक्ने कम्युनिष्ट नेताले चिन र दिल्ली बाट रेल नल्याएर यी कम्युनिष्टको झगडाले यहाको राजनैतिकलाई प्रभावित गर्न दिल्ली र बेजिङ बाट निति निर्माता नेता भने भित्राएको बताए ।

बिरोध कार्यक्रममा नेपाली काङ्ग्रेस मोरंग जिल्ला कार्यसमितिका उपसभापति तथा प्रदेश सांसद शिवनारायण सिंह ,जिल्ला सचिब मोदराज घिमिरे ,क्षेत्रिय सभापति नागेश्वर प्रसाद सिंह पुर्व जिल्ला सचिवहरु गोपाल मानसिंह राजभण्डारी मदन संग्रौला ,यदुकुमार बिष्ट ,सुनवर्षि नगरपालिकाका मेयर कालीप्रसाद दास ,रतुवामाई नगरपालिका मेयर रबिन राई ,जिल्ला सदस्य महेश्वर राजबंशी ,बीरेन राई ,पुर्व जिल्ला सदस्यहरु देबेन्द्र बस्नेत ,टेक बहादुर बिष्ट ,सुनवर्षि सभापति कमलकिशोर शिर सिंह ,रतुवामाई सभापति जीवन पनेरु सुनवर्षि नगर कार्य समितिका उपसभापतिहरु गणेश श्रेष्ठ ,बैजनाथ झा लगायतको नेताहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!