शनिबार, माघ ११, २०७६ || 1442  पटक पढिएको

हिपमत डटकम
बिराटनगर,११-माघ: मोरङको केराबारी गाउँपालिका कार्यालयमा गएराति अज्ञात समूहले बम विस्फोट गराएको छ । गाउँपालिका कार्यालय अगाडि राखिएको बम भने शनिबार बिहानमात्रै डिस्पोज गरिएको छ । केराबारी गाउँपालिका–१० मा रहेको गाउँपालिका कार्यालयमा गएराति १० बजे बम विस्फोट भएको सोही गाउँपालिकाका अध्यक्ष रोहित कार्कीले अनलाइनखबरलाई जानकारी दिए । जिल्ला प्रहरी कार्यालय, मोरङका डीएसपी लोकदर्शन थापाका अनुसार, विस्फोटबाट कार्यालयका कोठासँगै छिमेकका घरमासमेत क्षति पुगेको छ । त्यस्तै, गाउँपालिका कार्यालयनजिकै बम भेटिएको छ । कार्यालयबाट करिब ४० मिटर उत्तरतर्फ सडकमा बम भेटिएको हो । उक्त बम भने नेपाली सेनाको बम डिस्पोजल टोलीले शनिबार बिहान डिस्पोज गरेकाे डीएएसपी थापाले जानकारी दिए । गाउँपालिका कार्यालयनजिकै बम भेटिएको जानकारी पाएपछि भेला भएका स्थानीय सडकमा बम राखिएको जानकारी पाएपछि स्थानीयले सुरक्षाकर्मीलाई खबर गरेका थिए । तर, सुरक्षाकर्मी समयमै नपुग्दा रातभर त्रास छाएकाे थियाे । डीएसपी थापाका अनुसार, दुवै घटनामा विप्लव समूहको संलग्नता हुनसक्ने ठानिएको छ । तर खुलिसकेको छैन । मोरङमा एक साताभित्र भएको यो दोस्रो हिंसात्मक घटना हो । यसअघि बिहीबार मात्रै विप्लव समूहले मोरङको मिक्लाजुङमा डोजर जलाएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!