बीरेन्द्रकुमार साह

आइतबार, पौष १२, २०७७ || 1183  पटक पढिएको

बिराटनगर। बिराटनगरमा जसपा नेपालले केहि दिनादेखी निरन्तर बिरोधको कार्यक्रमहरु प्रदर्शन गर्दै आएको छ। २ दिन अगाडी प्रधानमन्त्री तथा राष्टपति को पुतला दहन ,हिजो मात्र बिशाल मसाल जुलुस निकालेका जसपा मोरंगले आज पनि आफ्नो हजारौ नेता कार्यकर्ताको साथमा बिरोध कार्यक्रमलाई निरन्तरता दिएको छ। अबैधानिक ,अलोकतान्त्रिक ,प्रतिगमनकारी कदम खारेज गर भन्ने मुल नारा लगाउदौ जसपाले बिराटनगरको संसारी माईस्थान देखि बिरोध र्याली सुरु गरेका थिए र्याली र्याली सन्सारिमाईस्थान हुदै ट्राफिक चोक ,महेन्द्र चोक ,सनिमंदिर , जलजला मोड हुदै बि -पल्टमा कोण सभामा परिणत भएको थियो।

आफ्नो पार्टीको गुठको झगडाको कारणले यसरि प्रतिनिधि सभा नै खारेज गर्नु जहनिय साशन जस्तै भएको छ। आफुलाई जे मन लाग्यो त्यहि गर्न मिल्छ ? देशको कानुन संबिधान मार्नु पर्दैन ? यसरि व्यक्तिगत झगडा र सक्ति देखाउने चक्करमा पुरा देशमा नै अशान्ति त मच्चाउनु त भएन नि भन्दै जसपाका नेताहरुले बिरोध सभामा आफ्नो मन्तब्य राखेका थिए।

जसपाका बिधार्थी नेता राकेश रोशन यादबले हिपमत डटकमसंग कुरा गर्दै भने यो मात्र होईन यदि बर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले समयमा नै गल्ति सच्यानु भएन भने उहाहरुको उल्टो गन्ति सुरु हुन्छ। अब आम नेपालि जनताले बुझी सकेका छन् के सहि के गलत भनेर त्यसैले प्रधानमन्त्री ज्यु आफ्नो गल्ति सुधार गर्नुस र देश र जनताको जनादेशलाई मध्ये नजर गर्दै देश बिकासमा लाग्नुसा भन्दै आफ्नो भावना यादवले हिपमत डटकमसंग व्यक्त गरे।

आज भएको प्रर्दशनमा जसपाका केन्द्रीय सदस्यहरु ईनामुल हक, भोगेन्द्र यादव, तेजलाल कर्ण, सन्जु शर्मा, रामलाल सुतिहार, शंकर शाह, चन्द्र प्रसाद राजबंशी तवरेज हक, जिल्ला अध्यक्ष राजकुमार यादव, मो. कादीर, युवा नेता मो.फैयाज, नन्दलाल मण्डल, महिचन यादव, असलम आलम, विद्यार्थी नेता राकेश रोशन यादव, श्रीराम शाह, कमल पोखरेल, अमित मण्डल, प्रीतम शाह, बसन्त यादव, महिला नेतृ प्रीति झा, सदिना खातुन, तुलसी शाह लगायतका नेताहरुको उपस्थिती रहेको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!