संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले नाइजरमा विधायिका र राष्ट्रपति निर्वाचन शान्तिमय र सुरक्षित गर्नुपर्नेमा जोड दिनुभएको उनका प्रवक्ताले बताएका छन् ।

गत डिसेम्बर १३ मा भएको स्थानीय चुनावको शान्तिपूर्ण आचरणको सम्झना गर्दै महासचिवले आइतवारको चुनावलाई समावेशी, शान्तिपूर्ण र सुरक्षित ढङ्गले सम्पन्न गर्ने सुनिश्चित गर्न सबै राष्ट्रिय सरोकारवालाहरुलाई आह्वान गर्नुभएको प्रवक्ता स्टेफान दुजारिकद्वारा जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।

गुटर्रेसले प्रजातन्त्र र दिगो विकासको लागि नाइजरको प्रयासमा संयुक्त राष्ट्रसंघको प्रतिबद्धता दोहोर्याउनुभएको पनि विज्ञप्तिमा बताइएको छ । –सिन्ह्वा

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!