शनिबार, माघ ११, २०७६ || 867  पटक पढिएको

हिपमत डटकम
पथरी शनिश्चरे, ११ माघ:मोरङमा समेत यो वर्ष पनि हात्तीपाइले विरुद्धको औषधि खुवाउने कार्यक्रम परेको सन्दर्भमा जिल्लाको पथरी शनिश्चरे नगरपालिका कार्यालयले सवैको सहकार्यमा अभियान सफल पार्न गोष्ठी गरेको छ । माघ २५ देखि खुवाइने औषधिको अभियानका लागि स्वास्थ्य संस्था, विद्यालय, रेडक्रस, सामाजिक संघ संस्था, पत्रकार सहितसँगको आजको गोष्ठीमार्फत योजना तर्जुमा समेत गरिएको छ ।

नगर प्रमुख दिलीपकुमार राईले यो आम औषधि अभियान अन्तर्गत प्रत्येक व्यक्तिले औषधि खाने कार्यक्रमलाई सवै पक्ष मिलेर सफल पार्न आव्हान गर्नुभएको छ ।गोष्ठीमा, नगर क्षेत्रका ५० जना स्वास्थ्यकर्मीका लागि माघ १४ र १५ गते अभिमुखीकरण कार्यक्रम राखिने निर्णय भएको छ । यसका साथै औषधि खुवाउन खटिने नगरका ३० जना महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई पनि अभिमुखीकरण गराइने छ । १० वटै वडामा वडाका २० जना सामाजिक अगुवाहरुका लागि १६ देखि २० गतेसम्म अभिमुखीकरण गर्ने, प्रचार प्रसारका लागि नगरका २० स्थानमा व्यानर राख्ने, स्थानीय रेडियोमार्फत सूचना प्रवाह गर्ने र माइकिङ गर्ने निर्णय भएको छ । साथै विद्यालयहरुमा विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रमसँग जोडेर हात्तीपाइले रोग निवारण र त्यस विरुद्धको औषधि सेवनका बारेमा जानकारी गराउने पनि निर्णय गरिएको छ ।

कार्यक्रममा, पथरी नगर अस्पतालका डाक्टर सावन मेहताका साथै नगर स्वास्थ्य संयोजक मुरारी आचार्य र स्वास्थ्यकर्मी जगत मगरले हात्तीपाइले रोग र त्यसको निवारणका सन्दर्भमा जानकारी गराउनु भएको छ । यस अभियानमा अण्डाकोषको हाइड्रोसिल भएकाहरुलाई निःशुल्क शल्यक्रिया समेत गरिने जनाउनु भयो ।नगरमा गत वर्ष ८९ प्रतिशतले औषधि सेवन गरेको र यो वर्ष सवैलाई नै औषधि खुवाउन सफल हुने अभियानगत योजना बनाइएको छ । औषधि खुवाउने जिल्लाको यो ९ औं पटकको अभियान हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!