संसद विघटन र नेकपा विभाजनको प्रभाव प्रदेश १ मा समेत देखिएको छ । आइतवार मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । राईविरुद्ध अविश्वासको प्रस्तावमा ३७ जना सांसदले हस्ताक्षर गरेका छन् । भीम आचार्यलाई मुख्यमन्त्रीको उम्मेदवारको लागि प्रस्ताव गरिएको छ ।
आजै तीनजना मन्त्रीले राजीनामा समेत दिएका छन् । समाजिक विकासमन्त्री जीवन घिमिरे सहित सोही मन्त्रालयका राज्यमन्त्री जसमाया गजमेर र उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले राजीनामा दिएका छन् ।
यसअघि, शनिबार मुख्यमन्त्री शेरधन राईले प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोलाई मन्त्री पदबाट हटाएका थिए ।