बीरेन्द्रकुमार साह

शनिबार, पौष ११, २०७७ || 2644  पटक पढिएको

बिराटनगर। प्रदेश १ को राजधानी विराटनगरमा जनता समाजवादी पर्टीले बिशाल मसाल जुलुस निकालेको छ । सनसारी माईस्थानदेखी बिराटनगरको मुटु मानिने जलजला चोकसम्म सो जुलुस निकालेको छ । प्रधानमन्त्री केपि शर्मा ओलि तथा राष्ट्रपति बिद्ययादेवी भण्डारीले पछिल्लो समय ब्यक्तिगत स्वार्थमा लिएको निर्णयको बिरोध गर्दै सो विशाल मसाल जुलुस निकालिएको हो ।

प्रतिनिधि सभा विघटनको विरुद्ध निरन्तर प्रदर्शन गरिरहेको जसपा बिगत केही दिनदेखी निरन्तर बिरोधको कार्यक्रमहरु गर्दै आईरहेको छ । हिजो मात्र प्रधानमन्त्री केपि शर्मा ओलिको पुत्ला दहन गरेका जसपाले आज राके जुलुस निकालेको छ ।शनिवारको राके जुलुसमा जसपाका केन्द्रिय सदस्यहरु तबरेज अख्तर आलम ,ईनामुल हक, मो.कादिर, राजकुमार यादब, सत्यनारायण साह, रामलाल सुतिहार, सुरेश गनगाई, तेजलाल कर्ण, तथा बिधार्थी नेता राकेश रोशन यादब, बिपुल झा लगायतकोे सेकडौ नेता तथा कार्यकर्ताहरुको उपस्थिती थियो ।

जुलुस पश्चात भएको कोणसभामा वक्ताहरुले प्रधानमन्त्री केपीओली संविधान र संघियता विरोधी रहेकोले अलोकतान्त्रीक विधि अपनाएको बताएका छन् । संघियता विरोधी ओली संविधान नै समाप्त पर्ने षडयन्त्रमा लगेकोले यो कदापि सम्भव नहुने तथा यसको प्रतिकारमा जसपा कडा भन्दा कडा कदम उठाउन बाध्य हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!