हिपमत डटकम

शनिबार, पौष ११, २०७७ || 575  पटक पढिएको

फ्रान्समा नयाँ प्रकारका कोरोनाभाइरसको पहिलो बिरामी फेला परेको पुष्टि भएको छ । तिब्र गतिमा सङ्क्रमण फैल्ने नयाँ भाइरस सबैभन्दा पहिले इंग्ल्याण्डमा पुष्टि भएको थियो ।

बीबीसीका अनुसार फ्रान्सको स्वास्थ्य मन्त्रालयले मध्य टौर्समा बस्ने सङ्क्रमित ब्यक्ति डिसेम्बर १९ मा लण्डनबाट फ्रान्स आइपुगेको जनाएको छ । मन्त्रालयले उहाँमा कुनै लक्षण नदेखिएको र घरमै सेल्फ आइसोलेशनमा बसेको बताएको छ । बेलायतमा नयाँ कोरोनाभाइरस देखिएपछि ४० भन्दा बढी राष्ट्रले यात्रामा प्रतिबन्ध लगाएको छ ।

डिसेम्बर २१ मा उक्त ब्यक्तिले अस्पतालमा परीक्षण गराउँदा भाइरसबाट सङ्क्रमित भएको पुष्टि भएको हो । नयाँ प्रकारको कोरोनाभाइरस शुक्रबारसम्म जापानमा पाँच जना, डेनमार्क, अष्ट्रेलिया र द् नेदरल्याण्ड्समा समेत फेला परेको छ । जापानमा पाँच जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!