हिपमत डटकम

शुक्रबार, पौष १०, २०७७ || 656  पटक पढिएको

जापानका प्रधानमन्त्री योशिहिडे सुगाले जापानमा संकटकाल लगाउन आवश्यक नभएको बताउनुभएको छ । कोरोनाभाइरसको महामारी फैलिन रोक्न जापानमा संकटकाल लगाउने वा नलगाउने भन्ने चर्चा चलिरहेका समय प्रधानमन्त्री सुगाले शुक्रबार देशव्यापी संकटकालको आवश्यकता नभएको बताउनुभएको हो ।

राजधानी टोकियोलगायतका सहरहरूमा कोरोनाभाइरसको महामारी बढीरहेका बेला उहाँले यस्तो बताउनुलाई महत्वका साथ लिइएको छ । बर्ष सन् २०२० को अन्तिम पत्रकार सम्मेलनमा उहाँले कोरोना महामारी नियन्त्रणसम्बन्धी विज्ञहरूको उच्चस्तरीय टोलीले आफुलाई अव संकटकालको आवश्यकता नरहेको बताएको जानकारी दिनुभयो ।
उनीहरुको सुझाबकै कारणले अहिले आफु संकटकाल घोषणा गर्ने तयारीमा नरहेको पनि प्रधानमन्त्री सुगाले स्पष्ट पार्नुभयो । उहाँले क्रिसमस र नयाँ बर्ष मनाउने क्रममा जापानमा रहेकाहरुले शान्तिपूर्वक र सतर्कता पूर्वक मनाउने विश्वास पनि व्यक्त गर्नुभयो ।
घर भित्र पारिवारिक जमघट बाहेक अन्य भिडभाड उनीहरुले नगर्ने अपेक्षा पनि प्रधानमन्त्री सुगाले व्यक्त गर्नुभएको थियो । “कृपया भेटघाट र भिडभाडलाई नियन्त्रण गर्नुहोला, त्यस्तोमा सकेसम्म संलग्न नहुनु होला, त्यति गर्नासाथ कोरोनभाइरसको महामारी धेरै कम हुन्छ,” उहाँले भन्नुभयो ।
प्रतिवन्धात्मक व्यवस्था र आधारभूत स्वास्थ्य मापदण्ड पालना गर्दै निश्चित अवधिका लागि मात्रै व्यापारिक प्रतिष्ठानहरु खोल्न अनुमति दिइएको छ । राजधानी टोकियोमा मात्रै दैनिक नौ सयको हाराहारीमा नयाँ सङ्क्रमित थपिने गरेका छन् । शुक्रबार अहिलेसम्मकै दोस्रो धेरै सङ्क्रमित देखिएका छन् ।
जापानका कोरोनाभाइरसबाट अहिलेसम्म दुई लाख १४ हजार ५१४ जना सङ्क्रमित भएका छन् । ती मध्ये तीन हजार ७९२ जना पछिल्लो २४ घण्टामा थपिएका हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!