प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सहित ५ न्यायाधीशको पूर्ण इजलासले संसद् विघटन गर्ने सरकारको निर्णयमा कारण देखाउ आदेश जारी गरेको छ ।
इजलासले विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रपति कार्यालयसंग लिखित जवाफ माग गर्ने आदेश दिएको हो । संसद् विघटन सम्बन्धी मन्त्रिपरिषद्बाट भएको निर्णय र राष्ट्रपतिको निर्णयको सक्कल प्रतिका साथै संसदसँग सम्बन्धित आवश्यक कागजात पेश गर्ने आदेश दिएको हो ।