हिपमत डटकम

शुक्रबार, पौष १०, २०७७ || 1288  पटक पढिएको

निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिकता विवादमा न्यायोचित निर्णय गर्ने बताएको छ । ऐनले दिएको अधिकार प्रयोग गरी तोकिएको अवधिमै विवादको निरुपण गर्ने आयोगले बताएको हो ।

आधिकारिकता दाबी गर्दै आयोग पुगेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल लगायतका नेताहरूसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले तोकिएको अवधिअगावै विवादको निरुपण गर्ने विश्वास दिलाएका हुन् । ‘निर्वाचन आयोगले यसलाई प्रचलित कानूनको परिधिभित्र रही अत्यन्तै न्यायोचित निर्णय दिनुपर्छ भन्ने कुरामा म यहाँहरूलाई आश्वस्त पार्न चाहन्छु,’ थपलियाले भने ।

आयोगमा नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले २०४७ सालमा बडो कष्टका साथ सूर्य चिह्न आफूहरूले पाएको भन्दै आयोगले विवेकसम्मत र न्यायोचित निर्णय गर्ने विश्वास लिए । त्यसअघि प्रचण्ड–नेपाल लगायतका नेताहरू माइतीघर मण्डलाबाट हिँड्दै निर्वाचन आयोग पुगेका थिए ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षले पनि आधिकारिकता दाबी गरेपछि नेकपा विवाद निर्वाचन आयोगमा पुगेको छ । (साभारःलोकान्तर)

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!