कोरोना महामारीको यो समयमा चीन खाद्य संकटसँग जुधिरहेको छ । यस्तो स्थितीसँग जुध्नका लागि चीनले नयाँ नियम तोकेको छ । यहाँ खाना फ्याँक्दा मानिस र रेष्टुरेन्टमाथि जरिवाना लगाइनेछ । यो अभियानलाई राष्ट्रपति शी जिनपिङले ‘अपरेशन एम्प्टी प्लेट’ नाम दिएका छन् । यसमार्फत्, मानिसहरुलाई आफूलाई जति चाहिन्छ त्यति मात्रै पस्कन र अर्डर गर्न प्रेरित गरिनेछ ।

मानिसहरुको संख्याभन्दा बढी खाना अर्डर गर्न नसकिनेः

नयाँ नियम अनुसार रेस्टुरेन्टमा खाना खाने कुनै पनि समूहले आफ्नो सदस्यको संख्याभन्दा बढी खाना अर्डर गर्न सक्दैनन् । नयाँ नियममा प्लेटमा खाना छोड्दा १० हजार युआन (१ लाख ८० हजार रुपैयाँ) सम्मको जरिवना लाग्न सक्छ । रेस्टुरेन्टमा पनि यसलाई कानूनी शक्ति दिइनेछ र खाना छोड्नेहरुलाई जरिवाना लगाइनेछ ।

खाना फ्याँक्ने बानी फेर्न चाहन्छ सरकारः

चिनियाँ सरकार ओभर इटिङलाई प्रोत्साहन दिने गतिविधिमा रोक लगाउने योजना पनि तयार गरिरहेको छ । चाइना एकेडेमी अफ साइन्सको एक रिपोर्ट अनुसार बेइजिङ र साङ्घाइमा मानिसहरु हरेक वर्ष मानिसहरुले यति खाना फ्याँक्छन् कि जसले तीनदेखि पाँच करोड मानिसहरुलाई वर्षभरी खाना खुवाउन सकिन्छ । खाद्य संकटबीच चीनको सरकारले मानिसको यस्ते बानी फेर्न चाहन्छ ।

चीनमा ५० करोड बढी मानिसको ‘ओभरवेट’:

देशमा बढ्दो मोटोपनको विषयमा पनि जिनपिङ सरकार चिन्तित छ । चीनका राष्ट्रिय हेल्थ कमिशनको अनुसन्धान अनुसार ५० करोडभन्दा बढी मानिस ओभरवेट छन् । अर्थात्, उनीहरुको तौल सामान्यभन्दा बढी छ । सन् २००२ मा त्यहाँ मोटोपनाको दर ७.१ प्रतिशत थियो । यस्तै सन् २०२० मा यो बढेर १६.४ प्रतिशत पुगेको छ । रिपोर्टमा शारीरिक गतिविधि कम भएका कारण मानिसहरु अत्यधिक मोटो भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!