दक्षिण कोरियामा जन्मदरमा कमी आएको समाचारमा जनाइएको छ । दक्षिण कोरियामा गत वर्षको तुलनामा यसवर्ष जन्म दरमा कमी आएको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जनाएका छन् ।

अधिकारीहरुले गत वर्षको तुलनामा यसवर्ष कम्तीमा पनि १४ प्रतिशतले यहाँको जन्म दरमा कमी आएको बताइएका हुन् । यस वर्षको अक्टोबरमा २१ हजार ९३४ जना बालबालिका जन्मिएका हुन् । ती अधिकारीहरुका अनुसार यो संख्या यसै महिनाको अघिल्लो वर्षको तुलनामा कम्तीमा पनि १४.४ प्रतिशत हुन आउँछ ।

यो जन्म दर दक्षिण कोरियामा सन् १९८१ देखि शुरु गरिएको यससम्बन्धी तथ्यांककै सबैभन्दा कम रहेको स्टाटिस्टीक्स कोरियाले जनाएको छ । दक्षिण कोरियामा युवतीहरुले उमेर धेरै भए पछि मात्र विवाह गर्ने प्रचलन बसेको छ । जसका कारण यहाँको जन्मदरमा कमी आएको पाइएको हो ।

सो महिना अर्थात् अक्टोबरमा पनि विवाह गर्ने महिलाको संख्यमा कमी आएको देखिएको छ । यसै वर्षको अक्टोबरमा पहिलो वर्षको सो महिनाको तुलनामा १९ प्रतिशत भन्दा कमले विवाह गरेका पनि सो तथ्यांमा पाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!