हिपमत डटकम

बुधबार, पौष ०८, २०७७ || 562  पटक पढिएको

अमेरिकामा कोरोना भाइरसको कहर कायमै छ । २० डिसेम्बरसम्मको आँकडाअनुसार पछिल्लो हप्ता कोरोना भाइरसले प्रत्येक ३३ सेकेन्डमा एकजनाको ज्यान लिएको छ । केवल ७ दिनभित्रै कोरोनाका कारण अमेरिकामा १८ हजारभन्दा धेरैको मृत्युु भयो ।

स्वास्थ अधिकारीहरुले नयाँ वर्षको पूर्वसन्ध्यामा भ्रमण नगर्न अपिल गरेपनि यो लागू भएको छैन । शुक्रबार, शनिबार र आइतबार अमेरिकाका विमानस्थलहरुमा ३२ लाखभन्दा धेरै मानिसहरुको चेकजाँच गरिएको छ । नयाँ वर्षको विदाका क्रममा यात्रा गर्नेहरुका कारण कोरोना भाइरसको संक्रमण र अस्पतालहरुमा बिरामीको संख्या बढ्ने चिन्ता स्वास्थ अधिकारीहरुलाई छ ।

अमेरिकामा कोरोना भाइरसविरुद्धको खोपले प्रयोगको अनुुमति पाइसकेको छ । यद्यपी, तीव्र रुपमा बढेका संक्रमणको घटनाका कारण थप संकट खडा हुनसक्ने अनुमान पनि गरिएको छ । गत हप्ता क्यार्लिफोनिया, रोड आइल्यान्ड, टेनेस्सीलगायत राज्यमा प्रति व्यक्ति संत्रमरण दर बढेको छ । अमेरिकाका ५० राज्यमध्ये ३१ राज्यमा संक्रमितको संख्या १० प्रतिशत वा त्यसभन्दा बढी छ । विश्व स्वास्थ संगठनका अनुसार ५ प्रतिशतभन्दा धेरै संक्रमणदर हुनु निकै चिन्ताको विषय हो ।

विश्वमा कोरोनाबाट सर्वाधिक प्रभावित देशको सुचीमा अमेरिका पहिलो स्थानमा छ । यहाँ १ करोड ८६ लाखभन्दा धेरैमा संक्रमण देखिइसकेको छ । ३ लाख ३० हजारभन्दा धेरैले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन् । १ करोड ९ लाखभन्दा धेरै निको भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!