हिपमत डटकम
काठमाडौं,माघ -११: नागरिक दैनिकको समाचारअनुसार चीन आफ्नो स्वशासित क्षेत्र तिब्बत हुँदै नेपालतर्फ बग्ने कुनै पनि नदीको बहाबमा अवरोध नगर्न सहमत भएको छ । गत असोजमा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका बेला भएको सीमा व्यवस्थापन प्रणालीसम्बन्धी सम्झौतामा चीनले यस्तो सहमति जनाएको हो । सरकारले उक्त सम्झौता हालै संसदमा दर्ता गराएपछि यो विषय सार्वजनिक भएको हो । कर्णालीसहित कालीगण्डकी, बूढीगण्डकी, त्रिसुली, सुनकोशी, भोटेकोशी, तामाकोशी र अरुण चीन प्रशासित तिब्बत हुँदै नेपालमा बग्ने मुख्य नदी हुन् । चीनले तिब्बत क्षेत्रमा ड्यामा वा डाइभर्सन परियोना निर्माण गर्दा यसको असर नेपालमा मात्र नभएर भारतीय क्षेत्रमा समेत नराम्रोसँग पर्ने गर्छ । यी हिमनदी तल्लो तटीय क्षेत्रम सञ्चालन भइरहेका जलविद्युत् आयोजना तथा सिँचाइ आयोजनामा समेत पर्छ । नेपाल र चीनबीच अन्तरदेशीय सीमा हुँदै बग्ने नदीको प्रयोग र सुरक्षा विषयमा पनि कुनै पक्षलाई नोक्सानी नपुग्नेगरी समानता र पारस्परिक लाभको सिद्धान्तका आधारमा सहकार्य गर्ने सहमति भएको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!