हिपमत डटकम

बुधबार, पौष ०८, २०७७ || 625  पटक पढिएको

संयुक्त अरब इमिरेट्स (युएई) को दुुबईमा बुधबारदेखि कोरोना भाइरसविरुद्ध निःशुल्क खोप कार्यक्रम सुरु हुने भएको छ । यहाँ, फाइजर–बायोन टेक कम्पनीको कोरोना खोप प्रयोगमा आउनेछ । यसअघि साउदी अरबले गत साताबाट यस खोपको प्रयोग सुरु गरिसकेको छ ।

दुुबईमा अहिलेसम्म ९५ हजारभन्दा धेरै मानिसमा कोरोना संक्रमण देखिएको छ र ६ सय ४२ जनाको ज्यान गइसकेको छ । यसअघि नै युुएई र बहराईनमा चिनियाँ औषधी कम्पनी सिनेफार्मले विकसित गरेको खोपले आपतकालिन प्रयोगको अनुमति पाइसकेको छ । चिनियाँ खोपको प्रभावकारीता ८६ प्रतिशतभन्दा धेरै देखिएको क्लिनिकल ट्रायलले देखाएको छ ।

युुएईको स्वास्थ मन्त्रालयले फाइजर–बायोनटेकको खोपलाई पनि आपतकालिन प्रयोगको अनुमति दिएको त्यहाँको सरकारी समाचार एजेन्सीले जनाएको छ । त्यसयता, दुबईको संकट तथा विपद् व्यवस्थापन सर्वाेच्च समितिले ट्वीटरमार्फत बुधबारबाट फाइजरको खोप लगाउने कार्यक्रम सुरु हुने जानकारी दिएको हो ।
‘बुधबार दुुबईमा कोरोनाविरुद्ध व्यापक खोप अभियान सुरु हुनेछ,’ मंगलबार ट्वीटरमार्फत सार्वजनिक विज्ञप्तिमा उल्लेख छ ।

मध्यपूर्वकै अर्को देश कतारल पनि फाइजर र बायोनटेकको खोपलाई आपतकालिन प्रयोगको अनुमति दिएको छ । बेलायत, क्यानेडा, अमेरिकालगायत देशमा यसअघि नै फाइजरको खोप प्रयोगमा आइसकेको छ ।2

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!