हिपमत डटकम

बुधबार, पौष ०८, २०७७ || 670  पटक पढिएको

फ्रान्समा बन्दुकधारीले गोली प्रहार गरेर तीन प्रहरी अधिकारीको हत्या गरेका छन् भने एकजना घाइते भएका छन् । केन्द्रीय फ्रान्सको पुुय डि डोमीमा घरेलुु हिंसा भएको जानकारी पाएपछि प्रहरीहरु कारबाहीका लागि गएका थिए, त्यहाँ एक ४८ वर्षे पूरुषले उनीहरुको हत्या गरे ।

पीडित भनिएकी महिलालाई भने प्रहरीले कुशलतापूर्वक उद्धार गरेको छ, भागेर घरको छतमा पुुग्दै उद्धारका लागि ती महिला चिच्याएपछि प्रहरी घटनास्थलमा पुुगेको थियो ।
‘यो घरेलु हिंसासँग सम्बन्धित घटनामा प्रहरीले चलाएको अपरेशन हो । यसपछि विभिन्न घटनाक्रमहरु अघि बढेका छन्,’ रोयटर्ससँगको कुराकानीमा स्थानीय प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । सेन्ट जस्ट फ्रान्कोइसका मेयर लि फिगारोका अनुसार मुुडभेडका क्रममा घर जलेको छ ।

फ्रान्सका गृहमन्त्री जेराल्ड डर्मानिनले घटनामा प्रहरी अधिकारीहरु २१ वर्षका अर्नो माभेल, ४५ वर्षका साइरिल्ल मोरेल र ३७ वर्षका रेमी डुुपुुइजको मृत्युु भएको पुष्टि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!