हिपमत डटकम

बुधबार, पौष ०८, २०७७ || 692  पटक पढिएको

रुसी संविधानको नयाँ संशोधन विधेयकमा राष्ट्रपति भ्यादिमिर पुटिनले मंगलबार हस्ताक्षर गरेका छन् । जसअनुसार पूर्व राष्ट्रपति र उनको परिवारविरुद्ध कुनै मुद्दा अघि बढ्ने छैन । प्रहरीले छानविनका लागि पक्राउ वा सोधपुछ गर्न पाउनेछैन ।

त्यस्तै, पद छाडेपछि आजीवन संसद्को माथिल्लो सदन सिनेटको सदस्य बन्ने अवसर पनि राष्ट्रपतिले पाउँछन् । अर्थात्, रुसमा एकपटक राष्ट्रपति बनेपछि जीवनभर अपराधका लागि प्रतिरक्षा प्रदान हुनेछ । गम्भिर अपराध र राजद्रोहजस्ता मुद्दा भने संसद्को तल्लो सदनमा दर्ता हुनसक्छ, यद्यपी माथिल्लो सदनले बहुमतले यसलाई उल्ट्याइदिनसक्छ ।

यो विधेयक यसअघि नै रुसका दुुबै संसद्बाट पारित भइसकेको छ । पुटिनले हस्ताक्षर गरेसँगै यसले वैधता पाएको छ । यस वर्ष जुुलाईमा संविधान संशोधनका लागि रुसमा जनमत संग्रह गरिएको थियो, जसमा पुटिनको पार्टी विजयी भयो ।
वर्ष २०३६ सम्म पुटिन रुसको राष्ट्रपति बनिरहन पाउने अर्थात् थप दुुई कार्यकाल राष्ट्रपति बन्ने बाटो पनि उनका लागि संविधान संशोधनले नै खोलेको थियो । पुटिन ६८ वर्षका भए र उनी अहिले चौथो कार्यकाल रुसको राष्ट्रपति छन् । उनको यो कार्यकाल २०२४ मा पूरा हुँदैछ । सन् २००० देखि नै रुसको सत्तामा रहेका पुटिनले कहिले राष्ट्रपति त कहिले प्रधानमन्त्रीका रुपमा जिम्मेवारी सम्हालेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!