प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रवृत्तिका कारण पार्टी चोइटिने अवस्था आएको नेकपा अध्यक्ष पुष्पकमल दाहालले आरोप लगाएका छन ।
नेपाल – दाहाल निकट सांसदहरूको दलको बैठकलाई (आज) बुधवार बानेश्वरमा सम्बोधन गर्दै दाहालले भने १० वर्ष संघर्ष गरेर प्राप्त उपलब्धिको ओलीकै कारणले अपहरण भएको समेत आरोप लगाए ।
दाहालले भने, ‘चूनौतीपूर्ण घडीमा पनि जनताको अपेक्षा पूरा गर्न सकिएन । जनताले ठूलो पार्टी बनाउँदा पनि ‘आई एम द स्टेट’ भन्ने ओलीको प्रवृत्तिले पार्टी फुट्न लाग्यो । प्रचण्डले संसद नमरेको भन्दै कानूनी लडाईं, सडक संघर्ष र लोकतान्त्रिक दलहरूसँग संवादको माध्यमबाट नयाँ परिस्थिति बनाउने र अघि बढ्ने बताए । ‘हामी जीवितै छौं भन्ने आत्मविश्वासका साथ अघि बढ्नुस्,’ विघटित प्रतिनिधि सभाका सांसदहरूलाई निर्देशन दिँदै दाहाल्ले भने । बैठकमा राष्ट्रिय सभाका २४ र विघटित प्रतिनिधि सभाका ९३ गरी १ सय १७ जना सांसदको उपस्थिति रहेको दाबी दाहाल–नेपाल पक्षले गरेको छ ।