शनिबार, माघ ११, २०७६ || 2683  पटक पढिएको

हिपमत डटकम , काठमाडौं ,११ माघ : चीनमा देखिएको निमोनिया बनाउन सक्ने नयाँ प्रकारको ‘नोवल कोरोना भाइरस’ संक्रमण नेपालमा समेत देखापरेको छ । चीनको बुहानबाट हालै देश फर्किएका एक नेपाली विद्यार्थीमा उक्त भाइरस देखिएको हो । प्रयोगशाला परीक्षण प्रतिवेदनमा उक्त भाइरस देखिएको हो । अस्पतालबाट स्वास्थ्य लाभ गरेर घर फर्किएका उनको स्वास्थ्य स्थिति हाल सामान्य छ । विशेषज्ञहरूले सुरुमा सामान्य संक्रमण देखिए पनि तीव्र गतिमा विकसित हुँदै जटिल अवस्थामा पुग्ने सम्भावना रहेको यो संक्रमणको तुरुन्त पहिचान गरेर छिट्टै र छुट्टै उपचार गर्नु अत्यावश्यक रहेको जनाएका छन् । यो भाइरसको संक्रमण हालसम्म चीन हुँदै नेपाल, दक्षिण कोरिया, जापान, थाइल्यान्ड, भियतनाम, सिंगापुर, संयुक्तराज्य अमेरिकासम्म देखापरेको छ ।
वैज्ञानिक नाम ‘२०१९–एन सीओभी’ भएको यस भाइरसको बढ्दो प्रकोपलाई दृष्टिगत गर्दै सरकारले चीनबाट आएका शंकास्पद ज्वरोका बिरामीहरूको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हेल्थ डेस्कमार्फत विशेष निगरानीसमेत थालेको छ ।विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० का विज्ञहरूले यस भाइरसले हाल एक व्यक्तिबाट अर्को व्यक्तिमा समेत रोग सारिरहेको इमर्जेन्सी कमिटीको बैठकमा बिहीबार जनाएको छ । एक साताअघिसम्म चिनियाँ सरकारी अधिकारीहरूले जनावरबाट मानिसमा सरेको यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने स्पष्ट प्रमाण नरहेको बताउँदै आएका थिए ।उसो त डब्लूएचओले हालसम्म चीन बाहिर एक व्यक्तिबाट अर्को व्यक्तिमा यो भाइरसको संक्रमण नसरेको समेत औंल्याएको छ । तर एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्ने सम्भावनालाई भने नकारेको छैन । जेनेभामा बिहीबार भएको उक्त बैठकबारे भर्चुअल प्रेसमिटमा काठमाडौंबाट संवाददातासमेत संलग्न थिए ।‘यो एउटा जटिल स्थिति हो । हामीलाई अगाडि बढ्न अझ बढी जानकारीको आवश्यकता छ,’ विश्व स्वास्थ्य संगठन डब्लूएचओ का महानिर्देशक डा। टेड्रस अधानोम गेब्रियससले भने, ‘चीनमा हाम्रो ९डब्लूएचओ० टोलीले स्थानीय विशेषज्ञ र अधिकारीहरूसँग मिलेर काम गरिरहेको छ ।’नोवल कोरोना भाइरस हालै पत्ता लागेको नयाँ भाइरस रहेको औंल्याउँदै डा। टेड्रसले यो भाइरस सबैभन्दा पहिले देखिएको चीनको हुवई प्रान्तको वुहान सहरको समुद्री खाद्य बजारमा तुरुन्त एक्सन लिइएको समेत जनाए । उनले यस भाइरसलाई हाल अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक स्वास्थ्य संकटकाल घोषित गर्नेजस्तो अवस्था नरहेको पनि बताए ।इमर्जेन्सी कमिटीको दुई दिनसम्म जारी विशेष बैठकपछि समेत विशेषज्ञहरूबीच यसलाई सार्वजनिक स्वास्थ्य संकटकाल घोषित गर्ने विषयमा एक मत बन्न नसकेको हो । हाल यसलाई ‘ग्लोबल पब्लिक हेल्थ इमर्जेन्सी’ घोषणा नगरिए पनि जुनसुकै समयमा बदलिँदो परिस्थितिअनुसार यो संक्रमणबारे पुनर्मूल्यांकन गरिने औंल्याउँदै डा। टेड्रसले भने, ‘हाल यो चीनका लागि एउटा ठूलो जोखिम उत्पन्न संकट हो ।’इमर्जेन्सी कमिटीका सदस्यहरूले एक मानिसबाट अर्कोमा सर्ने यस भाइरसको संक्रमणलाई रोक्नु नै हालको प्राथमिक मुद्दा रहेको समेत बताए । डा। टेड्रसको अनुसार, विश्वभरबाट नोवल कोरोनो भाइरसको ५ सय ८४ वटा प्रयोगशाला प्रमाणित केस डब्लूएचओले गरेको छ । यसमध्ये ५ सय ७५ केस र १७ वटा मृत्यु चीनकै छन् ।
‘मिडिया’ ले शुक्रबारसम्म डब्लूएचओले भन्दा बढी केस रिपोर्ट गरे पनि अझै ती केसहरू अनुसन्धानमा नै रहेकोले यसलाई प्रभावितको रूपमा उल्लेख नगरिएको बताए । श्वासप्रश्वाससम्बन्धी संक्रमण सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम ९सार्स० र मिडिल इस्ट रेस्पिरेटरी सिन्ड्रोमा ९मर्स० भाइरसजस्तै यो एक व्यक्तिबाट अर्को व्यक्तिमा सरिरहेको औंल्याउँदै विशेषज्ञहरूले ‘ब्रेक द चेन अफ ट्रान्समिसन’ ९एकबाट अर्कोमा संक्रमण सर्ने कडीलाई तोडौं० लाई मुख्य आधार बनाउँदै नियन्त्रणको प्रयास जारी राखिएको बताएका छन् ।हाच्छिउँ गर्दा, खोक्दा मुखबाट निस्किने पानीको स–साना थोपा ९ड्रप्लेट० का माध्यमले एक व्यक्तिबाट अर्को व्यक्तिमा नोवल कोरोना भाइरसको संक्रमण सरिरहेको समेत इमर्जेन्सी कमिटीका विज्ञहरूले औंल्याए । उनीहरूले भने, ‘निकट सम्पर्कमा रहेका परिवार र स्वास्थ्य संस्थामा भाइरस प्रभावितबाट संक्रमण अर्को व्यक्तिमा सरिरहेको देखिएको छ ।’यो भाइरसको म्युटेसन उत्परिवर्तन सम्बन्धी प्रश्नमा डब्लूएचओका विशेषज्ञहरूले वंशाणुगत विविधता ९जेनेटिक डाइभर्सिटी० अन्तर्गत ठूलो परिवर्तन हालसम्म नदेखिएको जनाए । डब्लूएचओको समन्वयमा सरकारले चीनबाट आएका शंकास्पद रुघाको लक्षणसहित घाँटी दुखाइ, ज्वरोका बिरामीहरूको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हेल्थ डेस्कमार्फत निगरानीसमेत बढाएको छ ।मुलुकमा भारतपछि सबैभन्दा बढी पर्यटक चीनबाट नै आउँछन् । अध्यागमन विभागको तथ्यांकअनुसार, सन् २०१९ मा चीनबाट १ लाख ५१ हजार २ सय चिनियाँ पर्यटक नेपाल आएका थिए । अझ अहिले चीनमा नयाँ वर्ष भएकाले जनवरी महिनाको तेस्रो सातादेखि मार्चसम्म उनीहरूले धेरै घुमफिर गर्छन् । चिनियाँहरू यही समयमा बढी मात्रामा नेपालसमेत आउने भएकाले विमानस्थलको हेल्थ डेस्कमार्फत थप निगरानी सुरु गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी० का निर्देशक डा। विवेककुमार लाल बताउँछन् ।छिमेकी राष्ट्र भारतको स्वास्थ्य मन्त्रालयले समेत नोवल कोरोना भाइरसको सम्भावित संक्रमणको आँकलन गर्दै आफ्ना विमानस्थलहरूमा चीनबाट आउनेहरूमा ज्वरो रहेरनरहेको बारे जान्न ‘थर्मल स्क्यानर’ बाट जाँच गर्न निर्देशन दिएको छ ।
वुहानबाट फर्केका नेपाली विद्यार्थीमा ज्वरोलगायतका लक्षण देखिएपछि शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुमा अन्य बिरामीभन्दा छुट्टै चिकित्सकीय निगरानीमा समेत राखिएको थियो । ती शंकास्पद बिरामीको घाँटीको र्‍याल र रगतको परीक्षण गर्न गतबुधबार हङकङ पठाइएको थियो । रिपोर्टअनुसार, उनमा नोवल कोरोना भाइरस देखिएको हो । नेपालमा हालसम्म नोवल कोरोना भाइरस पहिचान गर्न प्रयोगशाला परीक्षण हुने गरेको छैन ।साभार ईकान्तीपुर

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!