प्रदेश १ का मुख्य मन्त्री शेरधन राई नेतृत्वको दुई तिहाई बहुमतको सरकार अल्पतमा पर्ने भएको छ । राजनीतिक गणितीय जोड घाटाउमा शेरधन राई अल्पमतमा पर्ने प्रायः निश्चित जस्तो देखिन्छ ।
नेकपाको आन्तरिक कलहले प्रदेश १ सरकारकारको समिकरण परीर्वतन हुने देखिएको छ । संघिय संसद विगठन भएपछी प्रदेश १ सरकारको मन्त्री परषदको समिकरणमा समेत उतार चढाब हुन सक्ने संभावना देखिनछ ।
प्रदेश १ सरकारमा नेकपाका कुल ६७ सांसद मध्ये पुर्व एमालेबाट ५१ र माओवादीबाट १६ जना सांसद रहेका छन । सरकारलाई बहुमतको लागि ४७ सांसद आवश्यक पर्छ । तर, राईको पक्षमा १९ जना संसद मात्र रहेका छन् । यता प्रचण्ड र नेपाल समुहका भिम आचार्यको पक्षमा ४७ सासद देखिन्छन् । कुल ६७ सांसद मध्ये ६६ सांसदको पक्ष स्पष्ट भए पनि सामाजिक बिकास मन्त्री जिवन घिमिरेको पक्ष अस्पष्ट रहेको छ । मन्त्री घिमिरेलाई कसैले पनि आफ्नो पक्षमा गणना गरेका छैनन् । घिमिरे मन्त्रीहुनु पुर्व नेपाल पक्षमा थिए, तर एमाले संसदिय दलको चुनावमा राईलाई सहयोग गरेको हुनाले उनि ओली निकट हुनकी भन्ने आशंका सबैले गरि रहेका छन् । मन्त्री घिमिरे पनि आफ्नो पक्ष कता हुने हो भने खोलेका छैनन् । राईलाई सहयोग गरेकै कारणले घिमिरे सामाजिक विकास मन्त्री भएका थिए । आचार्य एमाले संसदिय दलमा राई संग दुई मतले हारेका थिए ।
यता नेकपाका सांसद कुलप्रसाद साम्बा यो समीकरणको सरकार नरहने दावि गरेका छन् । उनले संघिय संसद विघटन पश्चात बदलिदों राजनीतिक परिस्थितीमा शेरधन राई नेतृत्वको सरकारको कुनै औचित्य न रहेको बताएका छन् । सांसद साम्बाले प्रदेशमा अब सर्वदलिय सरकारको आवश्यकता भएकोले राई नेतृत्वको सरकार नरहने दावी गरेका छन् ।

प्रदेश सरकार संचालनको विषयमा काँग्रेस सांसदहरुको भूमिका सबैको लागि चासोको विषय भए पनि काँग्रेस सांसदहरु खुलेर बोल्न चाहि रहेको छैन् । यद्यपी काँग्रेसले शेरधन राई नेतृत्वको सरकारलाई सघाउने हो की आशंका गरिएको छ । नेपाली काँग्रेस संसदियदलका प्रमुख सचेतक केदार कार्की वर्तमान जटिलतापूर्ण राजनीतिक अवस्थाको अध्ययन र विशलेषण पश्चात केन्द्रीय निर्णय अनुसार नै हामी अगाडी बढ्ने बताएका छन् ।

प्रदेशका ५ मन्त्री मध्ये मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदीश कुसियैत ओली समूहका हुन । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो प्रचण्ड समूहका हुन । प्रमुख विपक्षी कांग्रेसका २१, जनता समाजवादी पार्टीका ३ र राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक–एक जना सांसद प्रदेश सभामा रहेका छन । प्रदेशका संसदहरु मध्ये राई पक्षका १९, कांग्रेसका २१, जनता समाजवादी ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक–एक जना गरी ४५ सांसदमात्र पुग्छ । बहुमत पुग्दैन ।
६७ सदस्यीय नेकपा संसदीयदलमा ४७–१९ को समीकरण रहेको देखिन्छ । पूर्वमाओवादीका १६ जना प्रचण्डकै पक्षमा एकताबद्ध रहेको दाबी छ । यद्यपि दाबी अनुसारकै समिकरण हुने हो भने प्रदेश १ मा नेकपा प्रदेश ईन्चार्ज भिम आचार्यको नेतृत्वमा बहुमतको सरकार गठन हुने प्रायः निश्चित देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!