हिपमत डटकम

सोमबार, पौष ०६, २०७७ || 1042  पटक पढिएको

अफगानिस्तानमा सडक किनारमा रहेको दुईवटा बम विस्फोटमा परी कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ । यस विस्फोटमा मारिएका यी व्यक्तिहरुमा राजमार्ग प्रहरी प्रमुखलगायत सात जना रहेका स्थानीय प्रंहरी पुष्टि गरेका छन् ।
अफगानिस्तानको पूवी प्रान्त पार्वानको चरिकार शहरमा स्थानीय समयानुसार सोमबार बिहान १ः३० बजे भएको एक बम विस्फोटमा परी राजमार्ग प्रहरी प्रमुख वाली मोहमदलगात पाँच प्रहरी अधिकारीको मृत्यु भएको प्रन्तीय प्रहरी प्रवक्ता मोहमद हासहिमीले बताउनु भएको छ ।

त्यसैगरी अफगानिस्तानको पश्चिमी प्रान्त बाद्घिसमा तालिबान लडाकू समूहले गरएको बम विस्फोटमा परी दुई सर्वसाधारणको मृत्यु भएको । बाद्घिस प्रान्तको मुकिर जिल्लामा स्थानीय समयानुसार सोमबार बिहान ७ः३० बजे सो विस्फोट भएको प्रान्तीय प्रहरी प्रमुख शिर आका अलोकोजाईले सिन्ह्वा समाचार समितिलाई बताउनुभएको छ ।
सडक किनारमा बम विस्फोट गराउने काम तालिबानी लडाकू समूहले बारम्बार गराउँदै आएको प्रहरी अधिकारीहरूले दाबी गरेका छन् ।
अफगानिस्तानमा तालिाबान लडाकू समूहले सुरक्षाबल लक्षित सडक किनार बम विस्फोट र घरेलु बम विस्फोट गर्दै आएका छन् । तर यस्ता घातक हतियारहरूले सर्वसाधारणलाई बारम्बार हानी र्पुयाउँर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!