प्रधानमन्त्री केपी शर्मा ओली सरकारविरुद्ध असहयोग , गुटबन्दी र घेरावन्दी भएपछि बाध्य भएर संसद विघटनको बाटो समात्नु परेको दोहोर्याउनु भएको छ ।

संसद विघटनबारे प्रष्ट पार्न आइतबार अपरान्ह देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले जनादेश विपरीत बार्गेनिङ गर्ने , विसंगत गतिविधि गर्ने र पद प्रतिष्ठा एवं दीवास्वप्नमात्र पूरा गर्न खोज्नेहरुको घेरावन्दीमा सरकार परेको दावी गर्नुभयो ।

उहाँले सरकारले दूरगामी महत्वको काम गरेको र मुलुकको हितमा धेरै अहम सवालको कार्य गरेको दावी गर्दै विपक्षी दललाई पनि उछिनेर पार्टी भित्रैबाट विरोध सुरु भएपछि आफुसंग नयाँ जनादेश भन्दा अर्को विकल्प नरहेको प्रष्ट पार्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!