हिपमत डटकम

सोमबार, पौष ०६, २०७७ || 940  पटक पढिएको

प्रतिनिधिसभा विघटन भएपछि दुई खेमामा विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले आज छुट्टाछुट्टै भेला आयोजना गर्दैछन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आफू निकट नेता तथा विघटित प्रतिनिधिसभाका सांसदहरुको भेला आयोजना गर्दैहुनुहुन्छ । विहान १० बजेसम्म बैठक शुरु हुने बालुवाटार स्रोतले बताएको छ ।

नेकपा स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माकाअनुसार पार्टीको पछिल्लो आन्तरिक समस्या समाधानका विषयमा प्रधानमन्त्रीले बैठक आव्हान गर्नुभएको बताउनुभयो । विहान हुने बैठकले परिस्थितिको मुल्याङ्कन गर्दै अगाडि बढ्ने रणनीति तय गर्ने उहाँले जानकारी दिनुभयो ।

त्यस्तै, प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजर्गाइकाअनुसार नेता तथा विघटित प्रतिनिधिसभाका सांसदहरुको जमघट हुनेक्रम जारी रहेकाले १० बजेसम्म बैठक शुरुहुने बताउनुभयो । आज बस्ने बैठकले पछिल्लो राजनीतिक विषयमा केन्द्रीत हुँदै छलफल गरी आवश्यक रणनीति तय गर्ने तयारी भएको नेकपाका नेताहरुले बताउनुभएको छ ।

सोहीअनुसार अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेता तथा विघटित प्रतिनिधिसभाका सांसदहरुको आज भेला हुँदैछ । नयाँ बानेश्वरस्थित संसद भवनमा हुने भेलाले राजनीतिक संकट तथा प्रधानमन्त्रीले चाल्नुभएको कदमको समिक्षा गर्दै आवश्यक रणनीति तय गर्ने बताइएको छ । एक नेताकाअनुसार भेलाले आजै आवश्यक रणनीति तय गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!