संसद विघटनलगायतका आकस्मिक घटनाक्रमसङ्गै नेकपाको पूर्व माओवादी र एमाले दुबै घटकका गरी सात जना मन्त्रीले केपी ओली नेतृत्वको चुनावी सरकारबाट राजीनामा दिएका छन् ।
भर्खर सार्वजनिक राजीनामापत्रमा गृहमन्त्री रामबहादुर थापा “बादल”,उद्याेग मन्त्री लेखराज भट्टको नाम छैन । स्वेच्छाले पदत्याग गर्नेहरुमा गिरिराजमणि पोख्रेल (शिक्षा), घनश्याम भुसाल (कृषि), बर्षमान पुन (उर्जा), शक्ति बस्नेत (बन) योगेश भट्टराई (पर्यटन), रामेश्वर राय यादव (श्रम) र बीना मगर (खानेपानी) छन् ।