हिपमत डटकम
काठमाडौं, १० माघ । चिनियाँ शहर वुहानले कोरोना भाइरसको संक्रमण फैल्ने सम्भावनालाई लिएर सार्वजनिक यातायात बन्द गरेको छ । करीब एक करोड दश लाख जनसंख्या रहेको वुहान शहरका स्थानीयलाई घर नछोड्न सल्लाह दिइएको छ ।

कोरोना भाइरसको संक्रमणले चीनमा १७ जनाको मृत्यु भइसकेको छ । पाँचसय जनामा उक्त भाइरसको संक्रमण रहेको बीबीसीले उल्लेख गरेको छ । यद्दपी चिनियाँ दूताबासले भने भाइरसको संक्रमण ४०० जनामा मात्रै रहेको प्रष्ट्याएको छ ।

त्रिभुवन विमानस्थलमा सजगता
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर नेपाल आउने पर्यटक तथा स्वदेशी आगन्तुकलाई पनि विशेष निगरानी राखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा. हेमन्त ओझाले बताए । उनले विश्व स्वास्थ्य संगठन लगायतका अन्तर्राष्ट्रिय समुदायले तात्कालै अनिवार्य ‘स्क्रिनिङ’ सम्बन्धमा कुनै परिपत्र वा आग्रह नगरेकोले सामान्य अवस्थामै सूचनामूलक जानकारीहरु विमानस्थलमा उपलब्ध गराइएको बताए ।

विमानस्थलमा रहेको सहायता केन्द्रलाई सक्रिय बनाएको छ । संक्रमणको शंका हुने यात्रुकै आग्रहमा शरीरको तापक्रम लिनुका साथै जोखिम भए शुक्रराज ट्रपिकल अस्पताल पठाउने व्यवस्था गरिएको डा. ओझाले बताए । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले कोरोना भाइरसको संक्रमणबारे स्वास्थ्य विभाग, रोग नियन्त्रण महाशाखा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र नागरिक उड्डयन प्राधिकरणबीच निरन्तर बैठक र छलफल भइरहेको जानकारी दिए ।
गोरखापत्र अनलाइनबाट

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!