अहिलेको युगमा विज्ञानले दिन प्रति दिन परिवर्तन गर्दै गईरहेको छ । परिवर्तन हुँदै गईरहेको यस युगमा शिक्षा बिना केही कल्पना गर्नु न्यायसंगत नहोला । देश विकास हुनलाई शिक्षित व्यक्तिलाई राजनीतिमा आउनै पर्छ । तर शिक्षामा भने राजनीति गर्नु आवश्यक छैन, राजनीतिमा शिक्षा आवश्यक छ । तर हाम्रो देशमा उल्टै छ शिक्षामै राजनीति हुन्छ ।
सबै चाहन्छन् जीवन सुखी शान्तिबाट भरिएको होस । यद्यपि यो तब मात्रै सम्भव हुनेछ जब शिक्षाको ज्योती ग्रहण हुन्छ ।
केही राम्रो गर्नलाई शिक्षित व्यक्तिलाई अवसर दिनु पर्छ । हामीलाई थाहा नै छ हाम्रो देशको वर्तमान अवस्था कस्तो छ । देश विकास हुनलाई शिक्षित व्यक्तिलाई राजनीतिमा आउनै पर्छ । ।
अहिलेको वर्तमान अवस्था हेर्ने हो भने हामी बुझ्न् सक्छौ हाम्रो युवा शक्ति कहाँ छ ।
किन सबै मौन छन् त ?
के शिक्षित मान्छे हाम्रो देशलाई चाहदैनन् ?
किन जान्छन् लाखौं युवा विदेश ? के हाम्रो देसमा रोजगार छैन ?
तर हाम्रो देशका सम्बन्धित निकायका मान्छेले कुनै चासो राखिरहेको छैन । १००० को लुगा लगाएको शिक्षित मान्छे विदेश जान्छ र ५००० को कोट लगाएको न पढेको व्यक्ति यहाँ राजनीति गर्छन । अनि कसरी हुन्छ त हाम्रो देश विकास ? यो कुरा एक चोटि सबैलाई सोच्नै पर्छ ।
हामीलाई राम्रोसंग थाहा छ राजनीतिले देखेको सपना शिक्षाले पूरा गर्छ, शिक्षा र राजनीति एक अर्काको परिपुरक विषय हुन । यो कुरा मनन गरेर विकास तर्फ लाग्नु पर्छ र पढेलेखेको शिक्षित युवालाई अवसर दिनु पर्छ अनि मात्र देशको विकास सम्भव छ।।