हिपमत डटकम , विराटनगर, १० माघ लामो समयदेखि रोकिएका नेपाली नम्बरका ग्यास बुलेट सञ्चालन गर्ने विषयमा भारतीय पक्ष सकारात्मक भएको छ ।हालै भारतमा सम्पन्न भएको नेपाल भारत पेट्रोलियम तथा प्राकृतिक ग्यास सम्बन्धी ज्वाइन्ट वर्किङ ग्रुरुपको बैठकमा भारतीय पक्ष यस विषयमा सकारात्मक भएको हो ।
नेपालका तर्फबाट वार्ता टोली प्रमुख आपूर्ति मन्त्रालयका सहसचिव ध्रुव घिमिरेले नेपाली नम्बरका ग्यास बुलेट सञ्चालन गर्ने विषयमा भारतीय पक्ष सकारात्मक भएको जानकारी दिए । “बैठकमा नेपाली नम्बरका ग्यास बुलेट सञ्चालन गर्ने विषयमा छलफल भयो,” सहसचिव घिमिरेले भने, “परराष्ट्र मन्त्रालयले नयाँ दिल्लीमा रहेको नेपाली दूतावासमार्फत बुलेट सञ्चालनका पत्राचार गर्न सुझाव दिएको छ ।” त्यसपछि ग्यास बुलेट सञ्चालन गर्नका लागि सहजीकरण गर्ने भारतीय पक्षले बताएको सहसचिव घिमिरेले जानकारी दिए ।निजी व्यवसायीको लगानीमा निर्माण भएका ग्यास बुलेट ग्यास ढुवानीका लागि भारतले ‘बिस्फोटक लाइसेन्स’ नदिँदा तीन वर्षदेखि भारतमै थन्किएका छन् ।भारतीय ग्यास बुलेटमा सञ्चालन गर्दा जुसुकै बेला पनि आपूर्तिमा अवरोध हुन सक्ने भन्दै नेपाली नम्बरका ग्यास बुलेट राख्न व्यवसायीलाई अनुमति दिएको थियो । सरकारकै निर्देशनमा ७ सय ७५ वटा नेपाली नम्बरका ग्यास बुलेट सञ्चालन गर्नका लागि निजी व्यवसायीलाई नेपाल आयल निगमले अनुमति दिएको थियो । सञ्चालनका लागि भारतले विस्फोटक लाइसेन्स रोकेकाले ग्यास बुलेट सञ्चालन नहुँदा व्यवसायीको अर्बौं रुपैयाँ लगानी जोखिममा परेको छ ।
“सरकारकै निर्देशनमा हामीले ग्यास बुलेट खरिद गरेका हौं,” नेपाल एलपी ग्यास उद्योग संघका पूर्व अध्यक्ष शिव घिमिरेले भने, “तीन वर्षसम्म ग्यास बुलेट सञ्चालन गर्न नपाउँदा व्यसायीको अर्बौ लगानी डुबेको छ । सरकारकै निर्देशनमा दुई तिहाइ भन्सार छुट दिएर बुलेट खरिद गरेका हांै,” उनले भने “भारतले सञ्चालन गर्न दिएन भनेर राज्यले नै हामीलाई झुक्याएकाले यसको जिम्मा राज्यले नै लिनुपर्छ ।”एभरेस्ट ग्यास उद्योगका सञ्चालक समेत रहेका घिमिरेले ३१ महिना अघि ना ७ ख ९२७ र ना ७ ख ९२८ नम्बरका दुईवटा नेपाली नम्बर प्लेटका बुलेट नेपाल भित्र्याएका थिए । तर ती ग्यास सञ्चालन गर्न नपाउँदा त्यसै अलपत्र अवस्थामा रहेका छन् ।व्यवसायीका अनुसार १५ ग्यास बुलेट भन्सार नाकामै रोकिएका छन् । चार सय ९ वटा बनाउनका लागि व्यवसायीले बुकिङ्ग गरेका छन् भने ५३ वटा ग्यास बुलेट तयार भएको व्यवसायीको भनाइ छ ।भारतको नाकाबन्दीका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले ग्यास बुलेट नेपाली नै राख्ने निर्णय गरेका थिए । यो निर्णयपछि ओलीकै निर्देशनमा तात्कालिन अर्थमन्त्री विष्णु पौडेलले नेपाली ग्यास बुलेट राख्नका लागि भन्सारमा ६६ प्रतिशत छुट दिने गरी बजेटमा व्यवस्था पनि गरे । लगतै नेपाल आयल निगमले नेपाली बुलेट राख्न टेण्डर आह्वान गरेको थियो ।निगमको टेण्डरमा ग्यास बोटलिङ प्लान्ट र ढुवानी व्यवसायीले आवेदन हालेर निगमले सात सय ७५ वटा बुलेट सञ्चालन गर्नका लागि अनुमति दिएको थियो ।नेपाली बुलेटबाट ग्यास ढुवानी गर्दा रुट परमिटसँगै बिस्फोटक लाइसेन्स पनि अनिवार्य छ । भारतले बुलेट सञ्चालनका लागि आवश्यक एक्सप्लोसिभ सर्टिफिकेट नदिँदा लामो समयदेखि निर्माण भएका बुलेट सञ्चालन गर्न नसकिएको हो ।साभार कारोबार दैनिक अनलाईन

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!