हिपमत डटकम

बिहिबार, पौष ०२, २०७७ || 655  पटक पढिएको

अमेरिकामा बुधबार एकैदिन २ लाख ५० हजार जनामा संक्रमण देखिएको छ । कोराना भाइरस महामारी सुरु भएयता एकैदिन यति ठूलो संख्यामा यसअघि कहिल्यै संक्रमित भेटिएका थिएनन् । त्यस्तै, बुधबार एकैदिन ३ हजार ७ सयको मृत्यु भएको छ । महामारी सुरु भएयता एकैदिन यति ठूलो संख्यामा यसअघि कसैको मृत्यु भएको थिएन ।

यससँगै अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ लाख ७ हजार २ सय ९१ पुुगेको छ । स्वास्थ तथा मानव सेवा विभागका अनुसार अहिले १ लाख १३ हजार मानिसहरु कोरोनाकै कारण अस्पतालमा छन् । यो पनि अहिलेसम्मकै उच्च संख्या हो । अमेरिकामा कुल संक्रमितको संख्या १ करोड ७३ लाख ९४ हजार नाघिसकेको छ ।

अमेरिकाले भाइरस नियन्त्रणका लागि आपतकालिन रुपमा प्रयोग गर्न फाइजर कम्पनीको खोपलाई अनुमति दिइसकेको छ । त्यस्तै, मोडर्ना कम्पनीको खोपले पनि अनुमतिका लागि निवेदन दिएको छ । बिहीबार औषधी तथा खाद्य विभागका खोप विज्ञहरुले भेला भएर मोर्डनाको खोपको प्रभावकारीताबारे बहस गर्ने कार्यक्रम छ । संक्रमितको संख्या बढ्दै गएकाले अधिकारीहरुले फास्ट ट्रयाकबाट यसलाई अनुमति दिने विषयमा छलफल गर्दैछन् ।

सिएनएनका अनुसार फाइजरको भ्याक्सिनलाई जति चाडों स्विकृति दिइएको थियो, त्यसभन्दा पनि छोटो समयमै मोर्डनाको भ्याक्सिनलाई प्रयोगको स्विकृति दिनेगरी अधिकारीहरुले प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ ।
विश्वभर ७ करोड ४५ लाखभन्दा धेरै जनसंख्यामा कोरोना भाइरस संक्रमण पुुष्टि भएको छ, ५६ हजारभन्दा धेरैको संक्रमणकै कारण मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!