हिपमत डटकम

बिहिबार, पौष ०२, २०७७ || 625  पटक पढिएको

अमेरिकाको अनुसन्धान एजेन्सी एफबीआईले केन्याका एक नागरिकमाथि ९/११ जस्तो हमलाको षड्यन्त्र रचेको आरोप लगाएका छन् ।

आबदी अब्दुल्लाह नामका एक केन्याली नागरिक फिलिपिन्सको फ्लाइट स्कूलमा भर्ना भएका थिए ।

उनलाई गत वर्ष फिलिपिन्समा हतियार राखेको आरोपमा पक्राउ गरिएको थियो ।

एफबीआईका अनुसार उनले एक हवाईजहाज अगुवा गरेर अमेरिकाको कुनै अग्लो भवनसँग ठोक्काउने योजना बनाइरहेका थिए ।

उनलाई मंगलबार फिलिपिन्सबाट अमेरिका ल्याइएको थियो । अमेरिकामा उनीमाथि हवाई जहाज अगुवा गरेर अमेरिकी नागरिकको हत्याको षड्यन्त्र रचेको आरोपमा मुद्दा दर्ता गरिएको छ ।

एफबीआईका अनुसार आबदी अब्दुल्लाह सोमालियोमा सक्रिय चरमपन्थी संगठन अल–शहाबका एक वरिष्ठ अधिकारीको निर्देशनमा काम गरिरहेका थिए ।

यद्यपि, उनले आफूमाथि लागेको सबै आरोप अस्विकार गरेका छन् ।

बुधबार अदालतको सुनुवाईको क्रममा बचाउ पक्षका वकिललले अदालतले जनवरीसम्म घटनाको सुनुवाई नहुञ्जेल उनलाई हिरासतमा राख्ने कुरा स्विकार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!