राम प्रेम यादब

मंगलबार, मंसिर ३०, २०७७ || 1735  पटक पढिएको

बिराटनगर। सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पुष्पकमल दाहाल र माधव नेपाल समुहका नेताहरुले बिराटनगरमा प्रधानमन्त्री केपि शर्मा ओलीको विरोध गरेका छन ।

यसअघि गत वैशाख पहिलो पटक ल्याएर फिर्ता भएको अध्यादेश फेरि जारी गरिएपछि युवा संघका संयोजक रामप्रसाद सापकोटा –दिपशिखा)लगातका नेताहरुले तुरुन्त खारेज गर्न माग गरेका हुन्।
संयोजक सापकोटाले अध्यादेश पिर्ता नलिए सडक आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन ।

सभामुख अग्निप्रसाद सापकोटाले मंसिर २८ र मंसिर ३० को संवैधानिक परिषद् बैठक बहिष्कार गरेर निर्णय हुन नसकेपछि सरकाले अध्यादेश ल्याएको हो । यसअघि अध्यक्ष र चारजना सदस्य उपस्थित भए मात्रै संवैधानिक परिषद्को बैठक बस्न सक्थ्यो। तर सरकारले अध्यादेश ल्याएसँगै अध्यक्ष र तीनजना सदस्यको उपस्थितिमा निर्णय लिने बाटो खुलेको छ । अनेरास्व वियुले पनि अध्या देशको विरोध गरेको छ । अनेरास्व वियुका पुर्व सचिब वशिम आलमले अध्यादेशको विरोध गर्दै उखुकिशानहरु बक्यौता भुक्तानी नगर्नेलाई पक्राउ गरेर जेल हाल्न आग्रह गरे ।

पुर्वमन्त्री शिबकुमार मण्डलले पार्टीलाई ठिक ठाँउमा ल्याउन युवाहरुले कुनै कसर बाँकी नराख्ने बताए । उनले सत्यलाई सत्य र गलतलाई गलत भन्न आफुहरु पछा नपर्ने बताए । प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले बैठकमा नजाने बताइसकेका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!