हिपमत डटकम

मंगलबार, मंसिर ३०, २०७७ || 462  पटक पढिएको

इरानका राष्ट्रपति हसन रुहानीले परमाणु वैज्ञानिक मोहसिन फखरीजादेहको हत्या गर्न इजरायलको हात रहेको आरोप लगाएका छन् । सोमबार सञ्चारकर्मीहरुसँग बोल्दै राष्ट्रपति रुहानीले इजरायलमाथि सो आरोप लगाएका हुन् । इस्लामिक गणराज्यका सैन्य परमाणु कार्यक्रममा अहम भूमिका निभाउँदै आएका वैज्ञानिक फखरीजादेह हत्या भएको करिब एक महिनापछि राष्ट्रपति रुहानीले सार्वजनिक रुपमै इजरायलमाथि सो आरोप लगाएका हुन् ।

पछिल्ला एक दशकदेखि इरानका परमाणु वैज्ञानिकहरुको हत्याको मामलालाई लिएर इजरायलमाथि आशंकाहरु गरिँदै आइएको छ । तर पछिल्लो आरोपलाई इजरायलले खारेज गरिसकेको छ । रुहानीले पत्रकारहरुसँगको कुराकानीका क्रममा भने– ‘इजरायलले वैज्ञानिकको हत्या गर्नुको मुख्य उद्धेश्य ट्रम्प प्रशासनको अन्तिम दिनहरुमा युद्ध र अस्थिरता पैदा गर्नु थियो ।’ रुहानीले हत्याको बदला लिएरै छाड्ने संकल्प लिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!