बिहिबार, माघ ०९, २०७६ || 3820  पटक पढिएको

हिपमत डटकम
काठमाडौं , ९ माघ :अस्ट्रेलियामा रहेकी एक नेपाली युवतीले ‘अस्ट्रेलिया काण्ड’ भन्दै सामाजिक सञ्जालमा सार्वजनिक भएको अश्लील भिडियो क्लिपमा फेसबुकमा रहेको आफ्नो भिडियो जोडेर चरित्र हत्या गरेको भन्दै नेपालमा उजुरी गरेकी छिन्।

अश्लील साइटमा राखिएको असम्बन्धित भिडियोमा आफ्नो भिडियोको सानो क्लिप जोडेर चरित्र हत्या गरिएको भन्दै अस्ट्रेलियाबाटै बुधबार नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी आएको हो ।
सोमबारदेखि ‘अस्ट्रेलिया काण्ड स् नेपाली युवतीको अश्लील भिडियो’ भन्दै सामाजिक सञ्जालमा पोर्न क्लिप सार्वजनिक गरिएको छ। सो क्लिप नेपालीको भने हैन। पोर्नहब नामक अश्लील भिडियो अपलोड गर्ने साइटमा रहेको भिडियोलाई नै नेपालीको भिडियो भन्दै फेसबुकका क्लोज ग्रुपहरुमा फैलाइएको हो।

उजुरीमा अश्लील भिडियोमा अनुहार देखिने गरी सानो क्लिप राखेको र सो भिडियो आफ्नो भन्दै सामाजिक सञ्जालमा राखेर चरित्रहत्या गरिएको उल्लेख छ।पीडितले उजुरीमार्फत खुलाए अनुसार अश्लील भिडियोमा फेसबुकमा राखिएको आफ्नो भिडियोको सानो क्लिप राखिएको जानकारी दिँदै आफूलाई शंका लागेका व्यक्तिहरुको नाम समेत खुलाएकी छिन्।

अनुसन्धानमा संलग्नस्रोतका अनुसार पीडित महिलाले खुलाएको नामका आधारमा प्रहरीले सामाजिक सञ्जालमा सो भिडियो फैलाउन सक्रियको खोजी सुरु गरेको छ। ‘प्रारम्भिक अनुसन्धानमा नेपालीको दाबी गरिएको अश्लील भिडियो विदेशी नागरिकको भएको देखिएको छ, ।नेपाल लाइभबाट

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया