हिपमत डटकम

सोमबार, मंसिर २९, २०७७ || 777  पटक पढिएको

भारतको किसानको आन्दोलनले धेरे देशमा चर्चा पाएको छ । क्यानडा, बेलायत र अमेरिकापछि छिमेकी देश पाकिस्तानबाट पनि यसबारे प्रतिक्रिया आउन थालेको छ । सोमबार बिहान–बिहानै पाकिस्तानका चर्चित अभिनेता हमजा अली अब्बासीले ट्वीट गरेर भने, ‘भारतमा प्रदर्शनकारी किसानप्रति मेरो मनमा अथाह आदर छ ।’


यद्यपि, अब्बासीको ट्वीटमा पाकिस्तानकै थुप्रै मानिसहरुले आपत्ति जताएका छन् । तुफैल दवार नामका एक ट्वीटर प्रयोगकर्ताले लेखेका छन्, ‘इस्लामाबाद प्रेस क्लबको अगाडि उत्तरी वजिरिस्तानको मानिसहरुले निशाना बनाएर गरिएको निर्मम हत्याविरुद्ध प्रदर्शन गरिरहेका छन् । यसबारे के भन्नुहुन्छ ? बलोचहरु गायब भएको कुरामा केही भन्नु छ कि छैन ? हमजा, अल्लाहको सामुन्ने एक दिन हाजिर हुनुछ ।’

यसअघि आइतबार पाकिस्तानका विज्ञान तथा प्राविधिक मन्त्री चौधरी फवाद हुसैनले ट्वीटमा भनेका थिए, ‘भारतमा जे पनि भइरहेको छ, त्यसमा संसारभरीका पंजाबी दुःखी छन् । महाराजा रणजीत सिंहको निधन पछि पंजबी मुश्किलमा छन् । पंजाबीले स्वतन्त्रताका लागि आफ्नो रगतको मूल्य चुकाएका छन् । पंजाबी आफ्नै अज्ञानताका कारण पीडित छन् ।’चौधरी फवाद हुसैन पनि आफ्नै ट्वीटले पाकिस्तानमा घेरिएका छन् । पेशावरको अरसलाम अली शाहले फवाद हुसैनको ट्वीटलाई रिट्वीट गर्दै लेखेका छन्, ‘यी व्यक्ति मुसलमानको हत्या गर्ने रणजीत सिंहको तारिफ गरिरहेका छन् । यी मुसलमानभन्दा बढी राष्ट्रवादी लागिरहेका छन् ।’


महाराजा रणजीत सिंहको तारिफ गर्दा थुप्रै मानिसहरुले फजाद हुसैनको आलोचना गरेका छन् ।


यता इमरान खानका मन्त्री महाराजा रणजीत सिंहको तारिफ गरिरहेका थिए र अर्कोतर्फ लाहौर किले नजिकै राजी जिंदानको दरबार बाहिर महाराजा रणजीत सिंहको मूर्ति तोडफोड भएको छ ।
https://twitter.com/SuhailYusufzai/status/1338209208123207687
पाकिस्तान टुडेका अनुसार मूर्ति तोड्ने व्यक्तिको नाम जहिर इशाक हो । रंजित सिंहको मूर्तिको हात फुटाउने कोसिस गरिएको छ ।

पाकिस्तान टुडेका अनुसार जहिरले आफू मौलाना हुसैन रिजवीको अनुयायी भएको र बादशाही मस्जिदलाई घोडाको तबेलामा परिवर्तन गरिदिएका कारण आफू यो मूर्ति बनाउने पक्षमा नरहेको बताए ।

फवाद हुसैनको ट्वीटमा पाकिस्तानका मानिसहरुले तिखो प्रतिक्रिया दिएका छन् ।

पाकिस्तानका सुहैल नामका एक ट्वीटर प्रयोगकर्ताले लेखेका छन्, ‘मलाई त यी व्यक्ति पंजाबी राष्ट्रवादी हुन् भनेर थाहा नै थिएन । उनी त यतिसम्मका पंजाबी राष्ट्रपति हुन् कि महाराज रणजीत सिंहको समेत तारिफ गरिरहेका छन् ।’

भारतमा पाकिस्तानका राजदुत अब्दुल बासितले ट्वीटरमा एउटा भिडियो पोस्ट गरेका छन् जसमा उनी किसान आन्दोलनबारे कुरा गरिरहेका छन् । अब्दुल बासितले आफ्नो भिडियोमा भनेका छन्, ‘भारतका किसान लामो समयदेखि खराब स्थितीमा छन् र नयाँ कानूनले उनीहरुको स्थिती थप खस्कन सक्छ ।’

अब्दुल बासितले भने, ‘भारतको आधाभन्दा बढी जनसंख्या खेती–किसानीमा निर्भर छन् । तर उनीहरुले आफ्नो लागत पनि पाइरहेका छैनन् । जहाँ जहाँ सिख समुदायका मानिसहरु छन् त्यहाँबाट यो आन्दोलनले समर्थन पाइरहेको छ । किसान आन्दोलनबाट यो कुरा पनि सार्वजनिक भएको छ कि भारतका अल्पसंख्यक खुसी छैनन् ।’

अब्दुल बासितले यो पनि दाबी गरिरहेका छन् कि किसान आन्दोलनमा मानिसहरुले पाकिस्तानको समर्थनमा नारा लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!