हिपमत डटकम

आइतबार, मंसिर २८, २०७७ || 893  पटक पढिएको

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा शनिबार निस्केका जुलुसमा छुरा प्रहार र गोली चलेको छ । चुनावमा धाँधली भएको भन्दै राष्ट्रपति ट्रम्पले निरन्तर आक्रोश व्यक्त गरिरहेको अवस्थामा उनको भनाईमा समर्थन जनाउँदै देशका विभिन्न शहरमा शनिबार प्रदर्शनहरु भएका थिए ।

तर राष्ट्रपतिको समर्थन र विपक्ष दुबैतर्फ प्रदर्शन हुन थालेका छन् । राष्ट्रपति ट्रम्पको विरोधमा पनि प्रदर्शन भएका छन् । गत नोभेम्बर ३ मा भएको चुनावमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन विजयी हुनु भएको छ तर राष्ट्रपति ट्रम्पले अझै पनि हार स्वीकारेका छैनन् ।

वासिङटन राज्यको प्रहरीले ट्वीट गर्दै राज्यको राजधानी ओलम्पिया नजिक भएको पक्ष र विपक्षबीचको जुलुसमा गोली चलेको जनाएको छ । प्रहरीले एक जना शंकास्पद व्यक्तिलाई गिरफ्तार गरेको छ । अमेरिकी राजधानी वासिङ्टन डिसीमा चार जना व्यक्तिमाथि छुरा प्रहार भएको र उनीहरु अस्पतालमा भर्ना भएका छन् । घाइते चारै जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अमेरिकी अखबार न्यूयोर्क टाइम्सले उक्त घटनामा संलग्न रहेको आशंकामा २३ जनालाई पक्राउ गरिएको जनाएको छ ।

राष्ट्रपति ट्रम्पको पक्षमा ओलम्पिया, एटलान्टा र मिनेसोटाको सेन्ट पल, नेब्रास्का, अलाबामा र देशका अन्य भागमा पनि प्रदर्शनहरु भएका छन् । राजधानी वासिङटन डिसीमा भेला भएका प्रदर्शनकारीहरुले आफूहरु राष्ट्रपति ट्रम्पको पक्षमा निरन्तर जुलुसमा सहभागी हुने एएफपीलाई बताएका छन् ।

डिसीको प्रदर्शनमा सहभागी एक जना प्रदर्शनकारी ल्युक विल्सनले आफूहरु कुनै पनि हालतमा पछि नहट्ने बताए । राष्ट्रपतिको निर्वाचनमा जो बाइडेनले ३०६ इलेक्टोरल मत प्राप्त गर्नु भएको छ भने राष्ट्रपति ट्रम्पले २३२ मत प्राप्त गरेका छन् । राष्ट्रपति ट्रम्पले चुनावमा व्यापक धाँधली भएको जनाउँदै निरन्तर आलोचना गरिरहे पनि राज्यका कैयौं निकाय र अदालतले ट्रम्पको दाबीलाई अस्वीकार गरेका छन् ।

पछिल्लो पटक अमेरिकी सर्वोच्च अदालतले पनि राष्ट्रपति ट्रम्पका तर्फबाट टेक्सासका महान्यायाधीवक्ताले चारवटा राज्यको मतगणना खारेज गर्न दिएको निवेदन खारेज गरिदिएको छ । राष्ट्रपति ट्रम्पले विस्कन्सिन, पेन्सिल्भेनिया, जर्जिया राज्यका लाखौं मतपत्र फर्जी भएको भन्दै त्यसलाई गणना नगर्न दबाब दिइरहेका छन् । –एएफपी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!