बिहिबार, माघ ०९, २०७६ || 939  पटक पढिएको

हिपमत डटकम
काठमाडौं ,माघ ०९ ;एलआर विवेक सापकोटाको निर्देशन रहेको चलचित्र ‘कमाण्डर’ यही शुक्रवारबाट एकल प्रदर्शनमा आउँदैछ । एक्सन प्रधान चलचित्रमा अभिनेता अनुप विक्रम शाही, रोविन तामाङ, ध्रुव कोइराला, श्रीराम पुडासैनी, प्रेम शर्मालगायतका कलाकारहरुको अभिनय छ । यो फिल्मबाट सगुन थापा र साधना सिलवालले अभिनयमा डेब्यू गर्दैछन् । चलचित्रमा अनुप प्रहरी अधिकृतको भूमिकामा छन् । रिलिजको संघारमा मंगलवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक सापकोटाले चलचित्रमा इमान्दार प्रहरी अधिकृतले देश र नागरिकको हिफाजतका लागि के कस्ता परिस्थितिहरु सामना गर्नुपर्छ भन्ने देखाइएको बताए ।

चलचित्रमा समसामयिक राजनीति, भ्रष्टाचार, तस्करी, कालोबजारीलगायतका विषय पनि उठाइएको उनी बताउँछन् । ‘चलचित्रमा भरपुर मनोरञ्जनका साथै देशप्रतिको प्रेम भावलाई समेत प्रस्तुत गरिएको छ,’ निर्देशक सापकोटाले अगाडि भने, ‘चलचित्र आमदर्शकले मन पराउनेमा हामी पूर्ण विश्वस्त छौं ।’ नव अभिनेत्री साधना सिलवालले ‘कमाण्डर’ पूर्ण मनोरञ्जक फिल्म भएको बताइन् । पहिलो चलचित्रमै सिनियल कलाकारहरुसँग काम गर्न पाएकोमा उनी आफूलाई भाग्यमानी ठानेको बताउँछिन् । अर्की डेब्यू अभिनेत्री सगुन पनि यो चलचित्रबाट आशावादी छिन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!