हिपमत डटकम

आइतबार, मंसिर २८, २०७७ || 659  पटक पढिएको

पूर्व राष्ट्रपति जर्ज डब्लू बुसका स्वास्थ्य सल्लाहकार डा. जानाथन रेनियरले नवनिर्वाचित राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपतिले सोमबार सार्वजनिकरुपमा कोरोनाभाइरसविरुद्धको खोप लगाउनुपर्ने बताएका छन् । खोपको सुरक्षाबारे आम जनतालाई आश्वास्त तुल्याउन दुवैले सार्वजनिकरुपमा खोप लगाउनुपर्ने रेनियरले बताएका हुन् ।

‘खोपले पूर्णरुपमा काम गर्न अझै एक महिना लाग्छ । दोस्रो डोज लिएको एक हप्तापछि खोपले मानिसको प्रतिरोधी क्षमता बढाउँछ,’ उनले भने । नयाँ राष्ट्रपतिको सपथ लिनुभन्दा अघि राष्ट्रपति बाइडेन भाइरसविरुद्ध प्रतिरोधी भएको हेर्न चाहन्छु ।

‘नयाँ परिस्थितिमा यो राष्ट्रपतिको सुरक्षाको लागि प्रमुख अंग हो,’ उनले भने, ‘यसले सर्वसाधारणलाई पनि सन्देश दिनेछ कि यो सुरक्षित खोप हो । मानिसहरुको चासो नै यसमा छ । मानिसहरु खोप सुरक्षित छ कि छैन भनेर खोप लगाउन सन्देहमा छन् । यदी नवनिर्वाचित राष्ट्रपतिले नै खोप लगाए भने उनीहरुको चिन्ता पनि हट्नेछ ।’

अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले फाइजर र बायोएनटेकले निर्माण गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपत्कालिन प्रयोगका लागि अनुमति दिएको छ । त्यस्तै, अमेरिकी सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) को सल्लाहकार समितिले पनि १६ वर्षमाथिका लागि खोप प्रयोग गर्न सुझाव दिएको छ । सीडीसीले उक्त सुझावलाई ग्रहण गरेपछि खोप कार्यक्रम शुरु गरेको छ ।

फाइजरको खोपलाई दुई डोजमा प्रदान गरिन्छ । यो भाइरसविरुद्ध ९५ प्रतिशतसम्म प्रभावकारी रहेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!