हिपमत डटकम

आइतबार, मंसिर २८, २०७७ || 1593  पटक पढिएको

इरानकी सहर तबरलाई १० वर्षको जेल सजाय सुनाइएको छ । तबरमाथि इशनिन्दा, अनुचित साधनमार्फत् पैसा कमाएको र युवालाई भ्रष्टाचारका लागि प्रोत्साहित गरेको आरोप लागेको ।

१९ वर्षीया तबरले एन्जेलिना जोलीजस्तै देखिनका लागि थुप्रै प्लास्टिक सर्जरी गराएकी छिन् । उनी इन्स्टाग्राममा निकै सक्रिय छिन् । गत अक्टोबरमा उनलाई सोसल मिडियामा आफ्ना गतिविधिका लागि पक्राउ गरिएको थियो । खबरका अनुसार उनका वकिलले उनलाई १० वर्षको सजाय सुनाइएको जानकारी दिएका हुन् ।

तबर प्लास्टिक सर्जरीको माध्यमले आफ्नो अनुहारको तस्बिरको एक सिरिज पोस्ट गरेपछि इन्स्टाग्राममा चर्चित भएकी थिइन् । उनले आफ्नो पूरै स्वरुप परिवर्तन गरिसकेकी छिन् । उनको अनुहार एन्जेलिना जोलीसँग मिल्दोजुल्दो त छ तर निकै डरलाग्दौ देखिन्छ । त्यसैले त उनलाई ‘जम्बी एन्जेलिना जोली’ को संज्ञा दिइएको छ ।

सहर तबरले जोलीजस्तै देखिनका लागि ५० वटा प्लास्टिक सर्जरी गरेको पनि बताइन्छ । यद्यपि, उनको पोस्टका धेरैजसो तस्बिरलाई धेरै नै एडिट पनि गरिन्छ । तबर आफूलाई एन्जेलिना जोलीको सबैभन्दा ठूलो प्रशंसक बताउने गर्छिन् । आफ्नो अनुहार र यस्तो प्रकारको प्रयोगलाई उनी एक कला बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!