बिहिबार, माघ ०९, २०७६ || 1282  पटक पढिएको

हिपमत डटकम, विराटनगर,९ माघ ः नेपाली तारा सिजन ३ का विजेता तथा गायक प्रताप लामाले टोटला रेष्ट्रो एण्ड बार सञ्चालनमा ल्याएका छन् । मोरङको उर्लाबारीमा गायक लामा र उर्लाबारीका नितम चौहानले सो बार सञ्चालनमा ल्याएका हुन् । नेपाल भ्रमण बर्ष २०२० लाई मध्यनजर गरेर करिब १ करोड ३० लाख रुपैयाँको लागतमा सो बार सञ्चालन गरिएको सञ्चालकसमेत चौहानको भनाई छ । सेवाग्राहीहरु सांगितिक माहोल रम्न पाउने उनले बताए । प्रत्येक महिना चर्चित कलाकार र दैनिक स्थानीय तथा परिचित कलाकारहरुले प्रस्तुति दिने गायक लामाले बताए । गायनसँगै ब्यवसायमा पनि हात हालेको र सबैको साथ र सहयोग पाउनेमा आशाबादी रहेको उनले बताए । भबिष्यलाई सोचेर ब्यवसाय क्षेत्रमा लागेको बताउँदै गायक लामाले भने–‘गायन क्षेत्रमा म हिजोको जस्तै सक्रिय रहने छु ।’ बारको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले उद्घाटन गरे । उनले सांगितिक क्षेत्रमा रम्न चाहनेका लागि टोटला रेष्ट्रो महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएको बताए । कार्यक्रममा उर्लाबारी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष बीरबल थापा, उर्लाबारी उद्योग बाणिज्य संघका अध्यक्ष प्रितम खड्गी, होटल ब्यवसायी संघका क्षेत्रीय अध्यक्ष मनोहरी दाहाललगायतले बोलेका थिए

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!